प्रधानमन्त्री प्रचण्डलाई श्रीलङ्काका राष्ट्रपतिले टेलिफोन गरी दिए बधाई

शनिबार, पुस १६, २०७९

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र श्रीलकाका राष्ट्रपति रणिल विक्रमासिङ्गेबीच आज टेलिफोन वार्ता भएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार श्रीलङ्काका राष्ट्रपति रणिल विक्रमासिङ्गेले प्रधानमन्त्रीमा निर्वाचित भएकामा दाहाललाई बधाई दिएका हुन् । उनीहरूबीच दुई देशबीच लामो समयदेखि रहँदै आएको मैत्री सम्बन्धलाई थप सुदृढ गर्ने विषयमा महत्वपूर्ण छलफल भएको थियो ।
टेलिफोन वार्तामा राष्ट्रपति विक्रमासिङ्गेले प्रधानमन्त्री दाहालको कार्यकालमा दुई देशबीचको सम्बन्ध थप विस्तार हुने विश्वास व्यक्त गरेका थिए । प्रधानमन्त्री दाहाललाई विभिन्न देशका सरकार प्रमुख एवं राष्ट्रप्रमुखले वधाई तथा शुभकामना दिँदै सफल कार्यकालको कामना गरिरहेका छन् । 
 

प्रकाशित मिति: शनिबार, पुस १६, २०७९  ०७:२२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार