नेपाल-फिनल्यान्ड सम्बन्ध र बहुपक्षीय सहकार्यबारे छलफल

बिहीबार, असोज ८, २०८३

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डकी परराष्ट्रमन्त्री एलिना भाल्टोनेनबीच संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको साइडलाइनमा भेटवार्ता भएको छ । भेटवार्तामा फिनल्यान्डकी परराष्ट्रमन्त्री भाल्टोनेनले नेपालमा हालै आएको विनाशकारी बाढी तथा पहिरोबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै शोक तथा समवेदना प्रकट गरिन् । परराष्ट्रमन्त्री खनालले फिनल्यान्डकी परराष्ट्रमन्त्री भाल्टोनेनले समवेदना प्रकटलाई लिएर नेपाल र नेपाली जनताको तर्फबाट धन्यवाद लिए ।  दुवै मन्त्रीहरूले नेपाल–फिनल्यान्ड सम्बन्धका विविध पक्षका साथै बहुपक्षीय मञ्चमा सहकार्यका विषयमा विचार आदान—प्रदान गरेका थिए । साथै, आपसी हितका क्षेत्रमा द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा समेत छलफल भएको थियो ।

प्रकाशित मिति: बिहीबार, असोज ८, २०८३  ११:०६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार