नागरिकलाई स्वस्थ बनाउन स्थानीय सरकारको भूमिका महत्वपूर्ण

स्वस्थ हुन एबीसिडीइमा ध्यान दिऔं 
बिहीबार, पुस १४, २०७९

ललितपुर । नागरिकलाई स्वस्थ बनाउन स्थानीय सरकारको भूमिका महत्वपूर्ण भएको स्वास्थ्य क्षेत्रका विज्ञहरुले बताएका छन् ।  सर्ने भन्दा नसर्ने रोगका बिरामी दिनप्रतिदिन वृद्धि हुँदै गइरहेको वर्तमान अवस्थामा यस्ता रोगबारे नागरिकलाई सचेत बनाउन अत्यावश्यक भएको उनीहरुको भनाई थियो ।  निर्णय, कार्यान्वयन र अनुगमन अत्यावश्यक भएको उनीहरुले बताए ।   ललितपुर महानगरले विश्व स्वास्थ्य संगठनको सहयोगमा आयोजना गरेको ‘नसर्ने रोगहरुको रोकथाम र नियन्त्रणका लागि बहुक्षेत्रीय कार्ययोजना अभिमूखिकरण’ कार्यक्रममा उनीहरुले त्यस्तो धारणा व्यक्त गरेका हुन् ।  स्वास्थ्य क्षेत्रका विज्ञहरुले सबै नीतिहरुमा स्वास्थ्यलाई राखेको खण्डमा नसर्ने रोग नियन्त्रण गर्न सहज हुने उनीहरुले बताए ।

320608015_1232680094266917_887793577308527125_n1672321751.jpg
सुरक्षित मातृत्व संजाल महासंघ नेपालका महासचिव रविन्द्र बहादुर प्रधानले सर्नेभन्दा नसर्ने रोगबाट मृत्यु हुनेको संख्या दिनप्रतिदिन बढ्दै गएको बताए । सरकारले नसर्ने रोगहरुको  रोकथाम र नियन्त्रणका लागि बहुक्षेत्रीय कार्ययोजना २०२१ —२०२५अनुसार काम गर्नुपर्ने अहिलेको आवश्यकता भएको उनले प्रष्ट पारे । 
 सुरक्षित मातृत्व संजाल महासंघ नेपालका कोषाध्यक्ष सुनिल श्रेष्ठले मानिसको आनीबानी र जीवनयापनको शैलीलाई सुधार र व्यवस्थित गर्न सके नसर्ने रोेग लाग्नबाट धेरैलाई जोगाउन सकिने बताए । उनले भने, ‘विद्यालयमा कक्षा सुरु हुनुअघि पिटी खेलाउने, मार्च पास गर्ने कुरालाई स्थानीय तहले अनिवार्य गर्न सक्छ, जसले बालबालिकालाई स्वस्थ बनाउन निकै सहयोग पुग्छ । उनले निर्णय र अनुगमनले नगरवासीले स्वस्थ बनाउन धेरै सहयोग गर्ने बताए । नसर्ने रोगका विषयमा बारेमा पाठ्यक्रममा विषयवस्तु राखेर सचेत गराउने र ती रोगबाट जोगिने उपाय सिकाउन सकिने धारणा राखे । योगलाई विद्यालय शिक्षामा अनिवार्य गराउनु पर्ने उनले बताए । 
नसर्ने रोग लाग्नबाट नागरिकलाई जोगाउन सकिने विज्ञहरुको भनाई छ । 
खानपिन र बानी व्यवहारलाई पालना गर्न सके मुटुरोग लाग्नबाट ८० प्रतिशत, स्ट्रोकबाट ८० प्रतिशत र क्यान्सरबाट ४० प्रतिशत जोगाउन सकिने उनीहरुको धारणा छ । 
एक तथ्यांक अनुसार हरेक वर्ष विश्वभर करीब ३ करोड ६० लाख मानिसको मृत्यु नसर्ने रोगबाट हुने गरेको छ । क्यान्सर, हृदयघात, मधुमेह, श्वासप्रश्वास सम्बन्धी रोग नसर्ने रोग हुन् ।  
यी रोगबाट जोगिन एबीसिडिइलाई आफ्नो दैनिकीमा प्रयोग गर्न सके नसर्ने रोगबाट जोगिन सकिने उनीहरुको भनाई थियो । लागू गर्न सकिने विज्ञहरुले कार्यक्रममा बताए । ए अर्थात अभोइड अल्कोहल (मदिरापान नगर्ने), बी अर्थात बी फिजिक्कली एक्टिभ ( शारीरिक रुपमा सक्रिय रहने) , सी अर्थात कट डाउअन सल्ट एण्ड सुगर (नून र चिनीको कम प्रयोग गर्ने) ,इ अर्थात इट प्लेन्टी अफ फ्रुट एण्ड भेजिटेबल (फलफूल र सागसब्जी प्रशस्त खाने) । यी पाँच विषयलाई ध्यान दिन सके नसर्ने रोगहरुलाई रोकथाम गर्न सकिन्छ । 
विश्व स्वास्थ्य संगठनका डा. लोनिन दीक्षितले नसर्ने रोग राष्ट्रिय विकासको मुद्दा भएको बताइन् । यो रोगले परिवारलाई गरीबी तर्फ धकेल्ने बताउँदै यसबाट जोगिनका लागि घर घरसम्म चेतना पुर्‍याउनुपर्ने धारणा राखिन् । यो रोगबाट जोगिन घरभित्रका नियम र व्यक्तिको व्यवहार बदल्नु पर्ने उनको धारणा थियो । उनले नसर्ने रोग लाग्न नदिन सरकार लागू गर्ने नीतिनियम र निर्माण गर्ने कानुन पनि त्यति नै महत्वपूर्ण भएको बताए । 
कार्यक्रममा ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले महानगरभित्रका विद्यालयमा विद्यार्थीलाई स्वस्थ रहने उपायहरु , स्वच्छ र स्वस्थ खानपिन र शारारिक रुपमा तन्दुरुस्त हुने विषय अनिवार्य सिकाउने व्यवस्था मिलाउने बताए । उनले स्वास्थ्य र शिक्षालाई महानगरले प्राथमिकतामा राखेको बताए ।

प्रकाशित मिति: बिहीबार, पुस १४, २०७९  १८:२७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार