३० लाख डोज फाइजर खोप नेपाल ल्याइँदै, चौथो डोज दिने तयारी 

बुधबार, पुस १३, २०७९

काठमाडौं । सरकारले कोभिड–१९ विरुद्धको बुस्टर डोज दिनका लागि ३० लाख डोज फाइजर खोप ल्याउने तयारी गरेको छ ।  
कोभ्याक्स सुविधामार्फत ३० लाख डोज खोप दुई साताभित्र ल्याउने तयारी भएको स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखा प्रमुख सुरेन्द्र चौरसियाले जानकारी दिए । अल्ट्रा कोल्डचेनको क्षमतालाई हेरेर अहिलेलाई ३० लाख डोज ल्याउन लागिएको र थप खोप निरन्तर ल्याइने चौरसियाले बताए ।  योसँगै सरकारले चौथो डोज खोप दिने तयारी गरेको छ, यसलाई ‘दोस्रो बुस्टर मात्रा’ भनिएको छ । परिवार कल्याण महाशाखाअन्तरगत खोप शाखा प्रमुख सागर दाहालका अनुसार १२ वर्षमाथिका पहिलो बुस्टर डोज लगाएका नागरिकलाई सो खोप दिइनेछ । 
दोस्रो बुस्टर मात्रा दिनका लागि हाललाई ६ वटा समूह छुट्टयाइएको छ । त्यसमा ५५ वर्ष वा सोभन्दा माथिका सबै नागरिक, रोग प्रतिरोध क्षमता कम र धेरै कम भएका बिरामीहरू, दीर्घरोग भएका बिरामीहरू, गर्भवती र स्वास्थ्यकर्मीहरू रहेका छन् । दोस्रो बुस्टर मात्राका लागि जनवरी अन्तिममा फाइजर खोप आइपुग्ने दाहालले बताए ।
 

प्रकाशित मिति: बुधबार, पुस १३, २०७९  १८:३०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार