Dashain Banner
Dashain Banner

ललितपुर महानगर-२६ मा नि:शुल्क स्वास्थ्य परीक्षण 

वडा अध्यक्ष भन्छन् , ‘वडावासी स्वस्थ भएनन् भने विकास कसका लागि ?’
शनिबार, पुस ९, २०७९

ललितपुर । ललितपुर महानगर वडा नंं. २६ ले सुनाकोठीका बासिन्दाको स्वास्थ्य अवस्था थाहा पाउन आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।  सुमेरु अस्पतालको सहयोगमा अयोजना गरिएको उक्त शिविरमा दुई सयजनाले स्वास्थ्य परीक्षण गराएका छन् । परीक्षण गराएका मध्ये केहीलाई रुघाखोकी, केहीमा हाडजोर्नीसम्बन्धी समस्या, मधुमेह र उच्च रक्तचापसम्बन्धी समस्या देखिएको वडा कार्यालयले जनाएको छ ।

321479662_844452400128178_3473361835819370446_n1671890916.jpgसुमेरु अस्पतालले चिकित्सकीय सेवा प्रदान गरेको थियो । वडा नंं. २६ का अध्यक्ष सुरेश महर्जनले वडाले वडावासीको स्वास्थ्यलाई प्राथमिकता दिएको बताए । उनले भने, ‘सबैभन्दा पहिला कुरा स्वास्थ्य हो, त्यसैले हामीले स्वास्थ्यलाई प्राथमिकता दिएर शिविर संचालन गरेका हौं, वडावासी स्वस्थ छैनन, भने विकास कसका लागि ?।’ 
समस्या देखिएकालाई निःशुल्क औषधि उपलब्ध गराइएको थियो । सुमेरु अस्पतालका निर्देशक दिलीप डंगोलले शिविरमा स्वास्थ्य परीक्षण गराउँदा स्वास्थ्य समस्या देखिएका बिरामीहरु सुमेरु अस्पतालमा एक साताभित्र परीक्षणका लागि आए ३० प्रतिशत छुट दिने बताए । उनले भने, ‘एक पटकलाई विशिष्ट परामर्श सेवा पनि निशुल्क गरेका छौं ।’

320784328_681938263424822_4586658510459052508_n1671890983.jpgललितपुर महानगरको वडा नं. २६ले ज्येष्ठ नागरिकलाई निःशुल्क औषधि दिँदै आएको छ । वडा अध्यक्ष सुरेशले भने, ‘हामीले अघिल्लो कार्यकालदेखि नै निःशुल्क औषधि दिन सुरु गरेका हौं , हाम्रो यो काम निकै फलदायी भएको हामीले पाएका छौं।’ सुरेश २०७९ वैशाखको स्थानीय तह निर्वाचन वडाअध्यक्ष पदमा दोस्रो पटक निर्वाचित भएका हुन् ।

प्रकाशित मिति: शनिबार, पुस ९, २०७९  १९:५१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार