डा‍. तोसिमा कार्कीले सांसदको तलबभत्ता सामाजिक काममा खर्च गर्ने

भन्छिन्, 'सुरुवात निःशुल्क महिनावारी सामग्री अभियानमा खर्च गर्छु'
शनिबार, पुस ९, २०७९

ललितपुर । ललितपुर- ३ बाट निर्वाचित सांसद डा. तोसिमा कार्कीले आफूले सांसदको हैसियतमा पाउने तलबभत्ता सामाजिक कामको लागि उपयोग गर्ने घोषणा गरेकी छन् । सामाजिक संजाल फेसबुकमा प्रतिनिधि सभाकी सदस्य डा. कार्कीले राज्यबाट दिइने तलब भत्ता सामाजिक कामको लागि उपयोग गर्ने घोषणा गरेकी हुन् । तलबभत्ताको सुरुवात‘निशुल्क महिनावारी सामग्री अभियान’मा खर्च गरिने उनले उल्लेख गरेकी छन् । ललितपुर-३ का सामुदायिक, सरकारी विद्यालयहरुमा महिला छात्राहरुका निम्ती नि:शुल्क सेनेटरी प्याड वितरणको लागि नपुगेका ठाउँमा आफनो कोषबाट दिने उनले बताइन् ।

प्रकाशित मिति: शनिबार, पुस ९, २०७९  १९:३४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार