झिलिमिली बन्दै सुनाकोठी, बुङमती, खोकना, हरिसिद्धि, धापाखेल

महानगरको चक्रपथबाहिरका वडामा धमाधम जडान हुँदै स्मार्ट सडक बत्ती
बुधबार, पुस ६, २०७९

ललितपुर । ललितपुर महानगरको चक्रपथ बाहिरका वडाहरु भिलिमिली हुने भएका छन् ।  ललितपुर महानगरले चक्रपथबाहिरका वडाहरु सुनाकोठी, बुङमती, खोकना, हरिसिद्धि, भैसीपाटी, धापाखेलमा स्मार्ट सडकबत्ती जडान गरेसँगै  यी वडा उज्यालो हुने भएका छन् । 
ललितपुर महानगरले यी वडाहरुमा १४ सय बत्ती जडान गरेको नगरप्रमुख चिरीबाबु महर्जनले जानकारी दिए । उनले भने, ‘धेरै जसो ठाउँमा बत्ती जडानको काम सकिएको छ, कुनै कुनै ठाउँमा प्राविधिक कुरा मिलाउनु पर्नेछ ,दुई साताभित्र यो काम पनि समाप्त हुन्छ ।’

3 -a1671600259.PNG
स्मार्ट सडक बत्ती जडान गर्ने ललितपुर महानगरपालिका पहिलो स्थानीय तह हो । यस अघि नेपालमा यस किसिमको सडक बत्ती जडान भएको छैन । यो सडक बत्तीलाई कम्प्युटरको सहायताले सर्भर रुमबाट नियन्त्रण गरिन्छ । अर्थात पोलै पिच्छे बत्ती निभाउन, बाल्न र बत्तीको पावर कम गर्न ९डिमिङ० बत्ती जडान भएको ठाउँमा आउनु पर्दैन । सर्भर रुमबाट नै गर्न सकिन्छ । सडक बत्ती बाले बापतको शुल्क मिटरबाट रिडिङ गरिने व्यवस्था हुन्छ । उक्त मिटरमा उठेको शुल्क महानगरपालिकाले भुक्तानी गर्नेछ । 

महानगरको ‘कोर एरिया’मा दुई वर्ष अघि नै स्मार्ट सडक बत्ती 
ललितपुर महानगरको ‘कोर एरिया’ मा स्मार्ट सडक बत्ती जडान भइसकेको छ । यी बत्ती जडान भएपछि सडक उज्यालो र सुरक्षित भएका छन् । 
महानगरपालिकाभित्रका तीनवटा रुटमा जम्मा ६ सय ६९ वटा स्मार्ट सडकबत्ती जडान भएका हुन् । बाग्मती पुलबाट जवालखेल लगनखेल हुँदै सातदोबाटोसम्म, हिमालय होटेल (इनार), पाटनढोका, अशोक हल, क्वाल्खु हुँदै मंगलबजार, लगनखेलसम्म, पुल्चोक महानगरपालिका कार्यालयबाट मंगलबजार हुँदै ग्वार्कोसम्म सडकबत्ती जडान भएका हुन् । स्मार्ट सडक बत्ती जडानका लागि प्राविधिक सहयोग तथा निरीक्षण नेपाल विद्युत प्राधिकरणले गरेको हो । 

5a..1671600173.jpg

चक्रपथमा पनि सडक बत्ती 

ललितपुर महानगरले चक्रपथमा पनि स्मार्ट सडक बत्ती जडान गर्ने भएको छ ।  महानगरले विद्युत प्राधिकरण र सडक विभागसँग सहकार्य गरी महानगरभित्र पर्ने चत्रपथ  खण्डमा स्मार्ट सडक बत्ती जडान गर्न लागेको हो । बत्ती जडानका लागि समझदारीपत्रमा हस्ताक्षर समेत भइसकेको महानगरप्रमुख चिरीबाबु महर्जनले बताए । चत्रपथमा जडान गरिने स्मार्ट सडक बत्तीले रातको समयमा हुने सडक दुर्घटना न्यून हुने नगरप्रमुखले बताए । उनले भने, ‘अधिकांश दुर्घटना राति भएका छन् ,ती दुर्घटना बत्ती नभएको कारणले भएका हुन् ।’ स्मार्ट सडक बत्तीले सडकलाई उज्यालो र सुरक्षित बनाउने उनको भनाई छ । 
 

प्रकाशित मिति: बुधबार, पुस ६, २०७९  ११:०३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार