दुईपटक अस्ट्रेलियाका प्रधानमन्त्री बनेका केभिन रुड अमेरिकाका लागि नयाँ राजदूत नियुक्त

मंगलबार, पुस ५, २०७९

काठमाडौं । अस्ट्रेलियाका पूर्व प्रधानमन्त्री केभिन रुड अमेरिकाका लागि राजदूत नियुक्त भएका छन्। अस्टेलियन सरकारले रुडलाई सन् २०२३ को मार्चदेखि कार्यभार सम्हाल्ने गरी अमेरिकाको नयाँ राजदूतमा नियुक्त गर्ने निर्णय गरेको हो ।
रुडले अस्ट्रेलियन सरकारको सो निर्णयको स्वागत गर्दै आफूले निकै सम्मानित महसुस गरिरहेको बताएका छन् । ट्वीटमा विज्ञप्ति जारी गर्दै उनले हाल अस्ट्रेलियाले सुरक्षा र कुटनीतिक क्षेत्रमा चुनौति समाना गर्नु परिरहेको भन्दै अमेरिकासँग आफूले राम्रो सम्बन्ध स्थापित गर्न सक्नेमा विश्वस्त रहेको बताएका छन् ।

kevin1671517839.jpg

kev1671517839.jpgपछिल्लो दशकमा आफूले अमेरिकामा रहेर चीन–अमेरिका सम्बन्धबारेमा अध्ययन गरेको र हाल अन्य संगठनहरुसँग पनि आबद्ध भएको बताएका छन् । उनले पछिल्लो समय अमेरिकाका रिपब्लिकन र डेमोक्रेटहरुसँग मात्र नभइ त्यहाँका व्यापारी, नागरिक समाज र मिडियासँग पनि राम्रो सम्बन्ध बनाएको बताएका छन् । आफू नयाँ जिम्मेवारी लिन तयार भएको भन्दै उनले दुई देशबिचको सम्बन्धलाई थप बलियो बनाउन प्रयास गर्ने बताएका छन् ।
रुड सन् २००७ को डिसेम्बरदेखि २०१० को जुनसम्म र फेरि २०१० को जुन देखि सेप्टेम्बर सम्म अस्ट्रेलियकाका प्रधानमन्त्री बनेका थिए । 

प्रकाशित मिति: मंगलबार, पुस ५, २०७९  १२:१३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार