विपन्न बालिकाको शल्यक्रिया हुन सकेन्  

बुधबार, मंसिर २८, २०७९

सुर्खे  ।  घाँस काट्ने क्रममा भीरबाट लडेर गम्भीर घाइते  भएकी  कालिकोट जिल्लाकी एक बालिकाको आर्थिक अभावले थप उपचारमा समस्या भएको छ ।  पलाँता गाउँपालिका–७ पारौटीकी १६ वर्षीया हिरकला बमको टाउकोमा गम्भीर चोट लागेपछि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा शल्यक्रिया गर्नुपर्ने भएपछि थप समस्यामा परेकी छन्  ।आफन्तको सहयोगमा उपचार गराइरहेकी बालिकाको थप उपचारमा अस्पतालले करिब ३ देखि ४ लाख रुपियाँसम्म लाग्ने बताएको घाइतेका ठूलोबुवा धिरज बमले जानकारी दिए  ।
प्रदेश अस्पतालका निर्देशक डा। डम्बर खड्काले टाउको र मेरुदण्डको उपचारमा अस्पतालले १ लाख रुपियाँसम्म व्यहोर्ने बताए ।बमका अनुसार बालिकाका बुबाआमा शारीरिकरुपमा अशक्त  छन्  । मङ्सिर २० गते घाँस काट्ने क्रममा भीरबाट ४ सय मिटर तल खसेकी हिरकलाको २४ घण्टापछि उद्धार गरिएको थियो । घाइते हिरकलाको हाल प्रदेश अस्पतालको आइसियूमा उपचार भइरहेको छ ।   

प्रकाशित मिति: बुधबार, मंसिर २८, २०७९  १८:०६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार