सचिवालय बैठकमा गएनन् ओली 

पत्र पठाएर प्रचण्डलाई प्रस्ताव फिर्ता लिन दबाब 
आइतबार, मंसिर २१, २०७७

काठमाडौँ ।  सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक एक हप्तासम्मलाई स्थगित भएको छ । आइतबारबाट पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सुरु भएको बैठक मंसिर २८ सम्मलाई स्थगित भएको हो । बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालका प्रस्ताव पेश भएको थियो । उक्त प्रस्ताव अध्ययनका लागि भन्दै बैठक २८ गते सम्मलाई स्थगित भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले सञ्चारकर्मीलाई जानकारी दिए । 
बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष ओली सहभागि भएका थिएनन् । तर, ओलीले बैठकलाई सम्बोधन गर्दै पत्र पठाएको पौडेलले बताए । उक्त पत्रलाई सचिवालय सदस्य ईश्वर पोखरेलले बैठकमा पढेर सुनाएका थिए । पत्रमा ओलीले पुरानै अडान दोहो¥याएको प्रवक्ता श्रेष्ठले बताए । नेकपाका अध्यक्ष प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष प्रचण्ड पक्षका नेताहरूलाई खेलको नियम जबर्जस्ती परिवर्तन गर्न खोजेको गम्भीर आरोप लगाएका छन् ।
आइतबार बसेको स्थायी कमिटी बैठकमा अनुपस्थित हुनेबारे एक पत्र लेखेर अध्यक्ष ओलीले खेलको उत्तराद्धर्धमा जसरी पनि जित्ने महत्वाकांक्षाका साथ खेलको नियम जबर्जस्ती परिवर्तन गर्न लागेको जनाएका हुन् । ओलीले अर्का अध्यक्ष दाहालको प्रस्ताव पार्टी कमिटीमा छलफलका लागि योग्य नभएको भन्दै त्यसको फिर्ताको अडान राखेका छन् ।

(पत्रको पूर्णपाठ )

 

प्रकाशित मिति: आइतबार, मंसिर २१, २०७७  १६:३२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार