थप २ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा १७ जना मात्रै कोरोनाका सक्रिय संक्रमित
मंगलबार, मंसिर २७, २०७९

काठमाडौं  ।  देशभर पछिल्लो समय १ हजार ६०४ जनामा कोरोना परीक्षण गर्दा थप २ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्यमन्त्रालयका अनुसार यो समयमा १० जना कोरोनामुक्त भएका छन् । संक्रमणका कारण कुनै पनि संक्रमितको मृत्यु भएको छैन भने हालसम्म संक्रमणबाट १२ हजार १९ जनाको मृत्यु भएको मन्त्रालयको  तथ्यांकमा  उल्लेख छ। 

नेपालमा १७ जना मात्रै कोरोनाका सक्रिय संक्रमित

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । १६ सय चार जनाको नमूना परीक्षण गरिएकोमा दुई जनामा संक्रमण पुष्टि भएको हो ।

यस अवधिका संकलित नमूनामध्ये तीन सय ८७ वटाको पिसीआर र १२ सय १७ को एन्टीजेन प्रविधिमार्फत परीक्षण गरिएको थियो ।

यस्तै, हाल नेपालमा १७ जना मात्रै संक्रिय संक्रमित रहेको मन्त्रालयको भनाइ छ । 
 

प्रकाशित मिति: मंगलबार, मंसिर २७, २०७९  १६:४२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार