माओवादी अध्यक्ष दाहालसँग गृहमन्त्रीको भेट

सोमबार, मंसिर १९, २०७९

काठमाडौँ ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग गृहमन्त्री बालकृष्ण खाणले आज भेटवार्ता गरेका  छन्  । ललितपुरको खुमलटारस्थित दाहाल निवासमा भएको भेटमा वर्तमान समसामयिक राजनीतिक विषयमा छलफल भएको गृहमन्त्रीका प्रेस संयोजक मधुसुदन भट्टराईले जानकारी दिए  ।भेटमा पाँच दलीय गठबन्धनलाई निरन्तरता दिनेबारे छलफल भएको र दुवै नेता गठबन्धनलाई निरन्तरता दिन सकारात्मक रहेको बताइएको छ । निर्वाचनमा गठबन्धन गरेका दलहरूले पाँच वर्षसम्मै गठबन्धनकै माध्यमबाट मुलुककको विकास गर्न एकजुट भएर लाग्नुपर्नेमा जोड दिएको दिँदै आएका छन् ।  

प्रकाशित मिति: सोमबार, मंसिर १९, २०७९  १७:४२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार