फेरि अर्काे गैंडा मृत भेटियो

सोमबार, मंसिर १९, २०७९

चितवन ।  चितवन राष्ट्रिय निकुञ्जको पश्चिम क्षेत्रमा एउटा गैंडा मृत भेटिएको छ । नवलपुरको अमलटारी क्षेत्रको गुन्द्रइढाका सामुदायिक वनमा भाले गैंडा मृत अवस्थामा भेटिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए  ।  उनका अनुसार गैंडाको खाग र खुर सुरक्षित छ । मृत गैंडा भेटिएको स्थानमा निकुञ्जको प्राविधिक टोली अनुसन्धानका लागि गएको छ । गैंडा बुढो भएर मरेको अनुमान गरिएको छ ।  


 

प्रकाशित मिति: सोमबार, मंसिर १९, २०७९  १७:२९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार