नयाँ दिल्लीमा वायु प्रदुषणको मात्रा ‘गम्भीर’ तहमा पुग्यो

सोमबार, मंसिर १९, २०७९

नयाँ दिल्ली ।   नयाँ दिल्लीमा वायु प्रदुषणको मात्रा पछिल्ला केही दिनमा बढ्दै गएको देखिएको छ । यहाँ आइतबार गरिएको मापनमा वायु प्रदुषणको मात्रा ‘गम्भीर’ तहमा पुगेको बताइएको हो । यहाँको प्रदुषण गम्भीर तहमा पुगेको पाइएपछि कतिपय निर्माणका कार्य, जलाउने या ध्वंस गर्ने कार्य तथा सडकमा भ्याकुम क्लिनरले सफा गर्ने काममा प्रतिबन्ध लगाइएको बताइएको छ ।  यहाँको वायु गुणस्तर व्यवस्थापन आयोग, सिएक्युएमले आइतबार प्रकाशन गरेको एक प्रेस विज्ञप्तिमा सो कुराको जानकारी दिइएको हो । उक्त विज्ञप्तिमा वायु प्रदुषणको मात्रा पछिल्ला दिनमा बढ्दै गएको र आइतबार यो मात्रा गम्भीर तहमा पुगेकाले सतर्कता अपनाउन आग्रह पनि गरिएको छ । सो प्रतिवेदनमा नयाँ दिल्लीमा वायु प्रदुषणको मात्रा गम्भीर तहमा पुगेकाले यसलाई कम गर्नका लागि आवश्यक सबै प्रकारका उपायहरु अपनाउन सरकारसँग आग्रह पनि गरिएको छ ।  सो आयोगको आइतबार अपराह्न ४ बजेको रिपोर्टमा वायु प्रदुषणको मात्रा एक्युआई गम्भीर तह अर्थात् चार सय सातमा पुगेको देखाइएको छ । यो एक्युआई तह दुई सय एक देखि तीन सयसम्म कमजोर अर्थात् खराब, तीन सय एकदेखि चार सयसम्म झन् खराब र चार सय एकदेखि माथि पाँच सयसम्मलाई गम्भीर तह अर्थात घातक मानिएको छ ।  नयाँ दिल्लीमा प्रायः जाडो समय ९नोभेम्बरदेखि फेब्रुअरी० सम्म वायु प्रदुषणको मात्रा बढ्ने गरेको पाइन्छ । यसवर्ष अहिले नै यहाँको प्रदुषणको मात्रा गम्भीर तहमा पुगेकाले यस मौसममा वायु प्रदुषणको मात्रा निकै नै बढ्ने संकेत देखिएको हो ।  
 

प्रकाशित मिति: सोमबार, मंसिर १९, २०७९  १२:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार