खाग काटिएको अवस्थामा गैँडाकाे अस्तिपञ्जर भेटियो   

आइतबार, मंसिर १८, २०७९

चितवन । पूर्वी चितवनको कालिका नगरपालिकामा गैँडाको अस्तिपञ्जर फेला परेको छ । कालिका नगरपालिकावडा–१ मा रहेको चतुर्मखी सामुदायिक वनको साल वन क्षेत्रमा सडेगलेको अवस्थामा गैँडा फेला परेको हो ।  गैँडाको हड्डी छरिएको अवस्थामा भेटिएको डिभिजन वन कार्यालय चितवनका सूचना अधिकारी बालकृष्ण खनालले जानकारी दिए  । उनका अनुसार  करिब ६ महिनाअघि गैँडा मरेको अनुमान गरिएको छ । गैँडाको खाग र तीन खुर नभेटिएको उनले बताए  । खाग काटिएको अनुमान गरिएको छ । गैँडाको खप्पर र बाँकी रहेको नौ खुरलाई सुरक्षित राखिएको उनले जानकारी दिए  । डिभिजन वन कार्यालय र चितवन राष्ट्रिय निकुञ्जको टोली पुगेर गैँडाको शव परीक्षण गरेको उनले बताए  । प्राकृतिक कारणले मरेको या चोरी शिकारीका कारण मारिएको भन्ने अध्ययनपछि जानकारी आउने उनले बताए ।   
 

प्रकाशित मिति: आइतबार, मंसिर १८, २०७९  १७:५७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार