प्रहरीको मनोबल बढाउन सरकारले सहयोग गर्छ : गृहमन्त्री बालकृष्ण खाण

आइतबार, मंसिर १८, २०७९

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले प्रहरीहरुको मनोबल वृद्धि गर्नका लागि सरकारले भरपूर सहयोग गर्ने बताएका छन् । नेपाल प्रहरी सिंहदरबार सुरक्षा गणका प्रहरी कर्मचारीसँग सामूहिक भोजनपछि आयोजित समारोहमा बोल्दै उनले प्रहरी अधिकृतहरुलाई पनि प्रहरीको मनोबल बढाउनका लागि आवश्यक कार्य गर्न निर्देशन दिएका हुन् ।  भर्खरै सम्पन्न आम चुनावका सन्दर्भ होस् वा नियमित शान्ति, सुरक्षा तथा अपराध नियन्त्रणमा प्रहरीले आफ्नो जिम्मेवारी पूर्णरुपमारुपमा निर्वाह गरेको भन्दै उनले प्रशंसा समेत गरे । मुलुकको शान्ति सुरक्षा तथा सुव्यावस्था कायम गर्न प्रहरीको भूमिका अब्बल रहेको उनको भनाइ थियो ।  गृहमन्त्री खाणले कार्यालयमा रहेको प्रहरी ब्यारेक निरीक्षण गरेका थिए । उनले प्रहरीलाई उच्च मनोबलका साथ प्रविधिको समेत अधिकतम उपयोग गरी शान्ति, सुरक्षा र अपराध नियन्त्रणमा जुट्न निर्देशन समेत दिएका छन् । 

प्रकाशित मिति: आइतबार, मंसिर १८, २०७९  १५:३९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार