गठबन्धनकै कारण मधेशमा माओवादी कमजोर भयो : मातृका यादव   

शनिबार, मंसिर १७, २०७९

काठमाडौं  ।  नेकपा माओवादी केन्द्रका नेता मातृका यादवले मधेशमा गठबन्धन नफापेको बताएका छन्। गठबन्धनकै कारण मधेशमा माओवादी कमजोर भए पनि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भए देशको कल्याण हुने दाबी गरेका छन्।  आज  पार्टी कार्यालयमा पत्रकारहरुसँग कुराकानी गर्दै नेता यादवले प्रचण्ड प्रधानमन्त्री बने देशको कल्याण हुने बताउँदै सत्ता गठबन्धनबाट हुने भएकाले अरू कसैको काँधमा चढ्नु नपर्ने बताएका  छन् ।  ‘अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बन्नुभयो भने देशको कल्याण हुन्छ,उहाँसँग त्यो क्षमता छ। अहिले त्यो परिस्थिति बन्दै छ र गठबन्धनबाटै हुने भएकाले अरू कसैको काँधमा चढ्नु पर्दैन,’ उनले भने।  साथै यादवले केपी ओलीको नेतृत्व रहेसम्म एमालेसँग मिल्न जानु राम्रो नहुने बताए। ‘जहाँसम्म एमालेले अफर गरेको कुरा छ,त्यो अवसरवादी अफर हो। ओलीको नेतृत्व रहेसम्म एमालेसँग जानु राम्रो हुन्न,’ उनले भने।  
 

प्रकाशित मिति: शनिबार, मंसिर १७, २०७९  १६:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार