सुकुम्बासी बस्तीको घटनाप्रति जसपाको ध्यानाकर्षण 

शनिबार, मंसिर १७, २०७९

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालले काठमाडौको थापाथलीस्थित सुकुम्बासी बस्तीमा मा केही दिन अघि काठमाडौं महानगरले डोजर चलाएको घटनाप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । 
एक प्रेस विज्ञप्ति जारी गर्दै जसपाले देशमा रहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अब्यबस्थित सुकुम्बासीहरूको पहिचान तथा प्रमाणीकरण र अभिलेखिकरण गर्न राष्ट्रिय भूमि आयोगले काठमाडांै महानगरपालिकासहित अधिकांश स्थानीय सरकारसँग सम्झौता गरेको र सोही अनुरूप कतिपय ठाउँमा स्थानीय सरकार र राष्ट्रिय भूमि आयोगले काम अगाडि बढाइरहेको बेला काठमाडौको थापाथलीस्थित बागमती नदी किनारमा वसोबास गर्दै आएका सुकुम्बासी बस्ती हटाउन खोज्दा उत्पन्न घटनाप्रति जनता समाजवादी पार्टी, नेपालको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 
एकिकृत बागमती सभ्यता विकास समितिले बागमती नदी किनारका क्षेत्र सौन्दर्यकरण गर्ने भन्दै त्यहाँका घरटहरा र खासगरी सुकुम्बासी बस्ती हटाउन सूचना जारी गरेको आधारमा काठमाण्डौ महानगरको बस्तीमा डोजर चलाउने काम अविलम्ब रोकी सरोकारवालाहरू सँगको समन्वयमा विधि, प्रक्रिया र कानुनसम्मत ढंगले आपसी समझदारीका आधारमा समस्या समाधानको बाटो पहिल्याउनु पर्नेमा जसपाले जोड दिएको छ । 
विद्यमान सुकुम्बासी समस्या सिंगो मुलुकको समस्या हो,गम्भीर र संयमित भई सम्बन्धित सबै पक्षलाई अगाडि बढ्न जसपा, नेपालले जोडदार माग गरेको छ । 
 

प्रकाशित मिति: शनिबार, मंसिर १७, २०७९  १६:१५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार