तनहुँले विकासप्रेमी नेता गुमायो  :  रामचन्द्र पौडेल    

शुक्रबार, मंसिर १६, २०७९

दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विकासप्रेमी नेता झुलबहादुर आलेलाई तनहुँले गुमाएको बताएका छन् । संविधानसभा सदस्य स्व आलेको परिवारलाई आज भेटी समवेदना व्यक्त गर्दै उनले  आलेको निधनले जिल्लाको एक विकासप्रेमी नेता गुमाउनुपरेको बताए । तनहुँको ऋषिङ गाउँपालिका–८ स्थित आले निवासमा आज आयोजित श्रद्धाञ्जलीसभामा पौडेलले जिल्लाको दक्षिणी भेगको खम्बा ढलेको भन्दै दुःख व्यक्त गरे । निष्ठाको राजनीति गर्ने आलेले देखाएको बाटो अवलम्बन गर्नुपर्नेमा जोड दिँदै पौडेलले भने , “आले एक विकासप्रेमी नेता थिए, उहाँको अभाव नेपाली कांग्रेस र यस भेगका जनतालाई सधैँ भइरहन्छ”, उनले भने  । पौडेलले स्व आलेको अभावमा उहाँका अधुरा कामलाई अहिलेको पुस्ताले निरन्तरता दिनुपर्ने बताए । फोक्सोको समस्याबाट पीडित रहेका  आलेको गत मङ्सिर ९ गते निधन भएको थियो । नेपाली कांग्रेस तनहुँका महासमिति सदस्य रहेका  आले दोस्रो संविधानसभाको सदस्य थिए  । 

प्रकाशित मिति: शुक्रबार, मंसिर १६, २०७९  १९:०९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार