माओवादी अध्यक्ष प्रचण्ड सुकुटेमा

बुधबार, मंसिर १४, २०७९

सिन्धुपाल्चोक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सिन्धुपाल्चोकको सुकुटे आएका छन् । 
पार्टीको दस्तावेज लेखन र महत्वपूर्ण राजनीतिक निर्णय लिनुअघि माओवादी अध्यक्ष दाहाल सुकुटे आउने गर्छन् । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम आउँदै गर्दा सभामुख अग्निप्रसाद सापकोटासँगै दाहाल सुकुटे आएका हुन् । 
सुकुटेमा अध्यक्ष दाहालले ¥याफ्टिङसमेत गरेका छन् । निकट स्रोतका अनुसार दाहाल, सभामुख सापकोटालगायत आज सुकुटेस्थित सुकुटे बीचमा बस्नेछन् । काठमाडौँबाट करिब दुई घण्टामा पुगिने सुकुटे क्षेत्र बीचको मज्जा लिन र जलयात्राका लागि निकै चर्चित छ । सुकुटे बसाइ आन्तरिक तथा बाह्य पर्यटकका लागि तुलनात्मकरूपमा सस्तोसमेत रहेको छ ।
 

प्रकाशित मिति: बुधबार, मंसिर १४, २०७९  १९:५७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार