सुत्केरीको हेलिकप्टरमार्फत उद्धार

बुधबार, मंसिर १४, २०७९

दिपायल  ।  दिपायल डोटीकी एक सुत्केरीको हेलिकप्टरबाट उद्धार गरिएको छ । उच्च रक्तस्राव भएपछि जिल्लाको बडिकेदार गाउँपालिका–५ लाना केदारेश्वर  कि २७ वर्र्षीया  अमृतादेवी बोहराको  आज हेलिकप्टरबाट उद्धार गरिएको बडिकेदार गाउँपालिका–५ का वडासदस्य भीमबहादुर बोहराले बताए  । सोमबार  साझदेखि सुत्केरी बेथा लागेकी बोहराले बच्चा जन्माउन  नसकेपछि रन्तोला सामुदायिक स्वास्थ्य इकाई लाना रन्तोलामा लगिएको थियो । उच्च रक्तस्राव भएपछि उनको स्वास्थ्य अवस्थालाई मध्यनजर गरी विभिन्न निकायको पहलमा थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट प्रादेशिक अस्पताल सुर्खेत लगिएको हो । राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत दुर्गम ठाउँका गर्भवती तथा सुत्केरी महिलालाई विभिन्न समयमा हेलिकप्टरमार्फत उद्धार गर्ने गरिएको डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले जानकारी दिए  छ । 

प्रकाशित मिति: बुधबार, मंसिर १४, २०७९  १६:१६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार