Dashain Banner
Dashain Banner

बझाङमा नेकपा एसका भानुभक्त जोशी विजयी

बिहीबार, मंसिर ८, २०७९

बझाङ । बझाङमा वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार भानुभक्त जोशी प्रतिनिधिसभा सदस्यमा  निर्वाचित भएका छन् । 
गत आइतबार सम्पन्न प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचनको मतगणनामा उनी नौ सय ९८ मतान्तरले निर्वाचित भएका हुन् । उनले २८ हजार एक सय ४३ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार ऐनबहादुर महरले २७ हजार एक सय ४५ मत पाएको मुख्य निर्वाचन अधिकृत नन्दकिशोर राय यादवले बताए। 
प्रदेशसभा (१) बाट नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंह तीन हजार सात ७६ मतान्तरले विजयी भएका छन् । उनले १७ हजार एक १३ मत प्राप्त गरे । एमालेका उम्मेदवार अफिलाल ओखेडाले १३ हजार तीन ३६ मत प्राप्त गरे । 
 

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०४:४१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार