झापा–५ बाट एमाले अध्यक्ष केपी ओली विजयी

बुधबार, मंसिर ७, २०७९

झापा । झापा क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विजयी भएका छन् । 
निर्वाचन अधिकृत डम्बर प्रसाद काफ्लेका अनुसार अध्यक्ष ओलीले ५२ हजार ३१९  मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी गठबन्धनबाट उम्मेदवार नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले २३ हजार सात सय ४३ मत ल्याए । कूल २८ हजार पाँच सय ७६ मतान्तरले अध्यक्ष ओली विजयी भएका हुन् । अध्यक्ष ओली योसँगै छ पटक विजयी बनेका छन् । यसअघि उनी विसं २०४८, २०५१, २०५६, २०७० र २०७४ मा यही क्षेत्रबाट विजयी भइसकेका छन् । 

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  २०:३३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार