आशिष प्रधानलाई हराउँदै ७१ मतले स्वतन्त्रका खड्कबहादुर बस्नेत प्रदेश सदस्य विजयी

बुधबार, मंसिर ७, २०७९

बर्दघाटसुस्ता पश्चिम । पश्चिम नवलपरासीमा स्वतन्त्र उम्मेदवार खड्कबहादुर बस्नेत विजयी भएका छन् । निर्वाचन क्षेत्र नं २ मा प्रदेश सदस्यका लागि उम्मेदवारी दिएका बस्नेतले राष्ट्रिय प्रजातन्त्र पार्टीका आशिष प्रधानलाई ७१ मतले पछाडि पार्दै विजयी भएका हुन् । 
बस्नेतले १२ हजार चार सय ४९ मत प्राप्त गरेका छन् भने राप्रपाका प्रधानले १२ हजार तीन सय ७८ मत प्राप्त गरे ।  त्यस्तै एमालेका उम्मेदवार थानप्रसाद गैरे नौ हजार नौ सय ७१ मत प्राप्त गरी तेस्रो स्थानमा रहेका छन् ।
प्रधान मतगणनाको पहिलो दिनदेखि नै धेरै मतले अग्रता लिँदै आउँदा आज पानीको धारा चिह्न भएका स्वतन्त्र उम्मेदवार खड्कबहादुर बस्नेत उनलाई उछिन्दै ७१ मतले विजयी भएका हुन् । 

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  २०:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार