काठमाडौँ–६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल विजयी

दुई परम्परागत पार्टीका उम्मेदवारलाई पछि पार्दै जित
बुधबार, मंसिर ७, २०७९

काठमाडौँ । काठमाडौँ निर्वाचन क्षेत्र नंं ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनाल विजयी भएका छन् । आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा शिशिरले परम्परागत दुई पार्टीका उम्मेदवारलाई पछि पार्दै जित निकालेका हुन् ।   202211231616-c502c2f3-1543-4037-88a7-8eb1e174ae1d_medium1669203584.jpg
शिशिरसँग नेकपा एमालेका पूर्व आइजिपी सर्वेन्द्र खनाल तथा नेपाली काँग्रेसका भीमसेनदास प्रधान प्रतिस्पर्धामा थिए । भीमसेन यो क्षेत्रमा दुई दुई पटक सांसद भएका भएका थिए । उनी नेपाल सरकारको रक्षा मन्त्री पनि भएका थिए । संगठन बलियो भनिने एमाले तथा राजनीतिमा रजगज गरिसकेका हस्तीलाई पराजित गरी शिशिरले इतिहास  रचेका छन् । 
काठमाडौँको बागबजारदेखि गोँगबु हुँदै काभ्रेस्थलीसम्म फैलिएको यो  क्षेत्रमा बैसठ्ठी हजार एक सय दुई मतदाता रहेकोमा ३८३३८ मत खसेको थियो ।  
राष्ट्रिय स्वतन्त्र पार्टीका युवा नेता शिशिरले १४२०४ मत पाएको निर्वाचन अधिकृत सम्झना खनालले जानकारी दिइन् । 
शिशिरलाई नेकपा (एमाले) का उम्मेदवार सर्वेन्द्र खनालले पच्छ्याएका थिए । उनले ८९११ मत पाए भने अर्काे दल नेपाली कांग्रेसका निवर्तमान सांसद भीमसेन दास प्रधानले ८८०५ मत पाए । 
उक्त क्षेत्रमा  २४ उम्मेदवार प्रतिस्पर्धामा रहेकामा १३ विभिन्न राजनीतिक दलका र ११ जना स्वतन्त्र उम्मेदवार रहेको उक्त  कार्यालयले जनाएको छ । 

को हुन्  शिशिर खनाल ?

shisir1665999288.jpg

काठमाडौंको गोङ्गबु निवासी शिशिर खनाल शैक्षिक अभियन्ता, उद्यमी र सार्वजनिक नीतिको विशेषज्ञ हुन् । उनले सामुदायिक विकास निम्ति विश्वका विभिन्न देशहरूमा काम गरेर लामो अनुभव बटुलेका छन् । सिद्धार्थ वनस्थलीबाट एसएलसी, त्रि–चन्द्र कलेजबाट आइएस्सी, अमेरिकाको Bridgeport University बाट राजनैतिक अर्थशास्त्रमा स्नातक तथा र University of Wisconsin Madison बाट सार्वजनिक नीतिमा  Master's गरेका छन् । 

shisir khanal1659685754.jpg
उनले महात्मा गान्धीको विचारमा आधारित सर्वाेदय अभियानमार्फत श्रीलङ्का, भारत, अमेरिकालगायतका ठाउँहरुमा सामाजिक विकास र प्राकृतिक प्रकोप व्यवस्थापनका उल्लेखनीय काम गरेका छन् । 
नेपालको शैक्षिक क्षेत्रमा सबैभन्दा प्रभावकारी काम गर्न सफल ‘टिच फर नेपाल’ को स्थापना र नेतृत्व गरी सरकारी विद्यालयमा अध्ययन गर्ने ५० हजार भन्दा बढी विद्यार्थीमा गुणस्तरीय शिक्षाको पहुँच निर्माणमा पनि उनको योगदान उल्लेखनीय नै रहेको छ । 
तुलसीपुर उप–महानगरपालिका दाङको शिक्षा सल्लाहकार रही नीति निर्माण र शैक्षिक रुपान्तरणको खाका कोर्ने काममा पनि उनको योगदान रह्यो । भूकम्प, मधेस आन्दोलन र कोभिडको समयमा राहत वितरणका साथै शिक्षाको अवसरबाट वञ्चित बाल–बालिकाको अध्ययनको निरन्तरताको लागि राष्ट्रिय स्तरमा वकालत गरे । युवा परिचालनका लजिस्टिक र डेलिभरी सेवा प्रदायक पिक एन्ड ड्रपको सह–संस्थापकको रुपमा ५० भन्दा बढीलाई रोजगारी निर्माण गरेका छन् । 

यस्तो थियो उनको चुनावी एजेण्डा 

देशमा विभिन्न कालखण्डमा भएका व्यवस्था परिवर्तनको बाबजुद पनि सामान्य मानिसको अवस्थामा अपेक्षित सुधार हुन सकेको छैन । मानिसका सामान्य सरकारी कामहरू जस्तै जन्मदर्ता, मृत्युदर्ता, पासपोर्ट बनाउन होस् वा सवारी चालक अनुमति पत्र लिन नै किन नहोस् अझै पनि रातभरि लाइन बस्नुपर्ने बाध्यता छ ।  
अहिले पनि जन–जीविकाको सवालमा नागरिकहरुले खानेपानी अभाव झेलिरहेका छन् बर्खामा बाटो हिलाम्मे र हिउँदमा धुलाम्बे हुने अवस्थाको अन्त्य हुन सकेको छैन । सरकारी विद्यालयको शिक्षा कमजोर र निजी सर्वसाधारणको तिर्ने नसक्ने गरी महँगा छन् । यी विषय विस्तारै समाधान गर्न शिविरले उम्मेदवारी दिएका हुन् । 
हरेक दिन १००० नेपाली युवा रोजगारीको निम्ति विदेशीन बाध्य छन् । राम्रो उपचार पाउन दसौं हजार खर्च गर्नुपर्ने अवस्थाको अन्त्यका लागि सुरुवात गर्ने उनको चाहना छ ।  
आफ्ना सन्तानलाई राम्रो शिक्षा–दीक्षा, बिरामी हुँदा सजिलै उपचारको पहुँच, सम्मानजनक रोजगारी र आम्दानी, सरकारी सेवामा छरितोपन आदि बनाउनकै लागि आफूले प्रतिनिधिसभाका लागि उम्मेदवार  भएको बताएका थिए । 
काठमाडौ क्षेत्र नं. ६ का नागरिकहरूको दैनिक जीवनलाई सहज बनाउन आवश्यक बाटो, खानेपानी, फोहोरमैला व्यवस्थापन, स्वास्थ्य, शिक्षाका साथै राष्ट्रिय नीति निर्माणको काम गर्न पनि आफू क्रियाशील हुने शिशिरको प्रतिवद्धता छ ।
सबैका लागि गुणस्तरीय शिक्षा, उद्यमशील नेपाल र रोजगारी सिर्जना, हाम्रो समुदाय : हाम्रो दायित्व, हाम्रो संस्कृति हाम्रो शान, सुलभ स्वास्थ्यमा सबैको पहुँच भ्रष्टाचार रहित, छरितो सरकारी सेवा, दिगो शहरी विकास, बस्न योग्य सहर र बस्ती बनाउने उनले चुनावी एजेण्डा सार्वजनिक गरेका थिए । 

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १४:२२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार