सुर्खेत–२ म कांग्रेसका हृदयराम थानी विजयी

बुधबार, मंसिर ७, २०७९

सुर्खेत । सुर्खेत निर्वाचन क्षेत्र नं २ प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका हृदयराम थानी विजयी भएका छन् । उनी ३४ हजार छ सय २५ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका अमृतबहादुर बुढा क्षेत्रीले २९ हजार पाँच सय ५८ मत प्राप्त गरेका छन् । थानीले एमालेका जिल्ला अध्यक्षसमेत रहेका अमृतबहादुर बुढाक्षेत्रीलाई पाँच हजार ६७ मतान्तरले पराजित गरेका छन् । 
थानीले योसँगै तीनपटक प्रतिनिधिसभा सदस्यमा जित हासिल गरेका छन् । विसं २०७४ मा एमालेका नवराज रावतसँग उनी पराजित भएका थिए । रावतले ३७ हजार चार सय ४७ मत ल्याएर निर्वाचित हुँदा थानीले २८ हजार छ सय ४६ मत प्राप्त गरेका थिए । थानी यसअघि विसं २०५६ र २०७० मा यही क्षेत्रबाट निर्वाचित भएका थिए भने सहकारी तथा गरिबी निवारणमन्त्री भइसकेका छन् । 

सुर्खेत १ मा कांग्रेस उपसभापति खड्काको सुरुआती अग्रता

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सुर्खेत–१ बाटप्रतिनिधिसभा सदस्यमा सुरुआती अग्रता लिएका छन् । सुर्खेत–१ मा मङ्गलबार राति १२ बजेबाट मतगणना सुरु भएको थियो । निर्वाचन अधिकृतको कार्यालयका अनुसार तीन हजार दुई सय ३८ मतगणना हुँदा खड्काले एक हजार सात सय ७२ मत प्राप्त गर्नुभएको छ । यस्तै नेकपा एमालेका ध्रुवकुमार शाहीले एक हजार तीन सय ५५ मत प्राप्त गरेका छन् । 
यस्तै राप्रपाका छत्रपति थापाले ६६ मत प्राप्त गर्नुभएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीका मोहम्मद हसरत अलीले १७ मत प्राप्त गरेका छन् ।  प्रदेशसभातर्फ पनि लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवारले सुरुआती अग्रता लिएका छन् । प्रदेशसभा (१) तर्फ नेपाली कांग्रेसका उम्मेदवार खड्क पोखरेलले दुई हजार दुई मत प्राप्त गरेका छन् भने  एमालेका ठम्मर विष्टले एक हजार तीन सय २६ मत प्राप्त गरेका छन् । प्रदेशसभा २ बाट लोकतान्त्रिक–वाम गठबन्धनका कृष्ण जिसी ‘जितेन्द्र’ अगाडि  हुनुहुन्छ । नेकपा ९माओवादी केन्द्र०का उम्मेदवार जिसीले एक हजार एक सय ७८ मत प्राप्त गर्नुभएको छ भने एमालेका डण्डीप्रसाद शर्माले नौ सय २९ मत प्राप्त गर्नुभएको छ ।

सिन्धुली–२ (१) मा कांग्रेसका छेत्रबहादुर बम्जन विजयी

सिन्धुली–२ (१) मा नेपाली कांग्रेसका छेत्रबहादुर बम्जन विजयी भएका छन् । गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार बम्जनले नेकपा एमालेका विनोदकुमार खड्कालाई पाँच हजार दुई सय तीन मतान्तारले पछि पार्दै प्रदेशसभा सदस्यमा निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत उपेन्द्रप्रसाद गौतमले जानकारी दिए ।
बम्जनले १६ हजार आठ सय ३५, खड्काले ११ हजार छ सय ३३ मत प्राप्त गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेशविक्रम बस्नेत क्षेत्रीले १८ हजार आठ, मङ्गोल नेशनल अर्गनाइजेशनका वोजनकुमार वलले दुई सय १६, नेपाल मजदुर किसान पार्टीका सङ्गीता दुवालले एक सय ३५ मत प्राप्त गरेका छन् । 

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  ०८:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार