काठमाडौँ–६ (२) मा एमालेका अमनकुमार मास्के विजयी

बुधबार, मंसिर ७, २०७९

काठमाडौँ । काठमाडौँ ७ (२) मा नेकपा एमालेका उम्मेदवार इञ्जीनियर अमनकुमार मास्के विजयी भएका छन् । 
आज बिहान सम्पन्न मतगणनामा एमालेका मास्केले आठ हजार ५९ मत प्राप्त गरी विजयी भएको निर्वाचन अधिकृत सम्झना खनालले जानकारी दिइन् । 
यस्तै नेपाली कांग्रेसका विष्णुभक्त तिमिल्सिनाले छ हजार छ सय ७१, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार चिरागमानसिंह कुँवरले तीन हजार पाँच सय ७६ र स्वतन्त्र उम्मेदवार कविन्द्रकुमार कार्कीले तीन सय २७ मत प्राप्त गरेका छन् । 
टोखा नगरपालिकाको वडा नं १ र ८ तथा तारकेश्वर नगरपालिकाको १, २, ६, ७, ८, ९, १० र ११ वडा रहेको उक्त प्रदेशसभामा २३ हजार एक सय आठ मत खसेको थियो । सोही मतमध्ये तीन सय २७ मत बदर भएको निर्वाचन अधिकृत खनालले बताइन् । 

काठमाडौँ–९ (१) मा एमालेका हरिकृष्ण डङ्गोल विजयी

काठमाडौँ निर्वाचन क्षेत्र नं ९ मा प्रदेशसभा (१) सदस्यमा नेपाल कम्युनिष्ट पार्टी नेकपा एमालेका हरिकृष्ण डङ्गोल विजयी भएका छन् । 
निर्वाचन अधिकृत पूजा खत्रीका अनुसार  उनी चार हजार चार सय ५२ मतसहित विजयी भएका हुन् । उनले प्रतिस्पर्धी नेपाली कांग्रेसका नानुमैया बाँस्तोलालाई चार सय ३२ मतले पछि पारे । कांग्रेसका बाँस्तोलाले चार हजार २० मत प्राप्त गरेका छन् । 
 

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  ०७:५९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार