भक्तपुर क्षेत्र–२ मा  दुर्लभ थापालाई पच्छयाउँदै महेश बस्नेत

बुधबार, मंसिर ७, २०७९

भक्तपुर । प्रतिनिधिसभातर्फ भक्तपुर क्षेत्र नं २ मा नेपाली कांग्रेसका उम्मेदवार अगाडि रहेका छन् । एमालेका उम्मेदवारबीच कडा प्रतिस्पर्धा रहेको भक्तपुर क्षेत्र नं २ मा मङ्गलबार राति ९ बजेसम्मको मतगणनाको परिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार दुर्लभ थापाले एमालेका उम्मेदवार महेश बस्नेतलाई आठ सय ३८ मतले पछाडि पार्दै अग्रता कायम राखेका छन् । 
भक्तपुर–२ मा ४८ हजार एक सय ६० मतगणना गर्दा कांग्रेसका उम्मेदवार थापाले १८ हजार दुई सय ६१ मतले अग्रता कायम राखेका छन् । एमालेका उम्मेदवार बस्नेतले १७ हजार चार सय २३ मतले पछ्याइरहेका छन् । 
नेपाल मजदुर किसान पार्टीका अनुराधा थापामगरले चार हजार चार सय ६८ मत, राष्ट्रिय स्वतन्त्र पार्टीका साजन विकले तीन हजार ९१,  राष्ट्रियता प्रजातन्त्र पार्टीका मोहन केसीले एक हजार आठ सय ४६ प्राप्त गर्नुभएको निर्वाचन अधिकृत लोकनाथ पराजुलीले जानकारी दिए । झण्डै एक हजार मतले पछि परे

बझाङमा पूर्वमन्त्री भानुभक्त जोशी

बझाङमा प्रतिनिधिसभा सदस्य उम्मेदवार भानुभक्त जोशी एमालेका उम्मेदवारभन्दा झण्डै एक हजार मतले पछि परेका छन् । एमालेका उम्मेदवार ऐनबहादुर महरले तीन हजार आठ सय ८७ मत ल्याउँदा गठबन्धनका उम्मेदवार दुई हजार नौ सय १० मत अर्थात् नौ सय ७७ मतले पछि परेका हुन् । 
निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार प्रदेशसभा (१) मा कडा प्रतिस्पर्धा भइरहेको छ । एमालेका उम्मेदवार अफिलाल ओखेडाभन्दा ६७ मतले मात्रै गठबन्धनका पृथ्वीबहादुर सिंह अगाडि देखिएका छन् । 
ओखेडाले दुई हजार तीन सय ६० मत ल्याउँदा सिंहले दुई हजार चार सय २७ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । त्यस्तै प्रदेशसभा निर्वाचन क्षेत्र (२) मा एमालेले अग्रता लिएको छ । एमालेका उम्मेदवार एलबी रावलले एक हजार सात सय ६३ मत ल्याउँदा गठबन्धनका भीम भण्डारीले एक हजार चार सय ७४ मत प्राप्त गर्दै पछ्याइरहेका छन् । 

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  ०६:५९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार