बैतडीको निङलाडी खोलामा जिप दुर्घटनाका घाइते प्रहरीको उद्धारका लागि हेलिकप्टर आउँदै

सोमबार, मंसिर ५, २०७९

बैतडी । जिप दुर्घटनामा परी घाइते भएका आठ प्रहरी र  चालकको उद्धारका लागि हेलिकप्टर बोलाइएको छ । 
प्रहरी बोकेको जिप आज बिहान दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–४ निङ्लाडी खोला भन्ने स्थानमा से१ज ८५४ नम्बरको जिप दुर्घटनामा परेको थियो । दुर्घटनामा परेर तीन प्रहरीको घटनास्थलमै मृत्युु भएको छ । उनीहरुको सनाखत हुन बाँकी रहेको छ ।
घाइते नौ जनाको उद्धारका लागि सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर बोलाइएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए । उनले भने,  “आठ प्रहरी र एक चालकको अवस्था गम्भीर छ”, “उनीहरूलाई उपचारको लागि कोहलपुर पठाउने तयारी छ”, “घाइतेलाई पाटन विमानस्थलमा ल्याएका छौं, सेनाको हेलिकप्टर आउँदैछ ।” 
जिल्ला सदरमुकाममा मतपेटिका पु¥याएर फर्कदै गरेको प्रहरी टोली सवार जिप दुर्घटनामा परेको हो । जिप सडकबाट करिब तीन सय मिटर तल खसेको जनाइएको छ । रातभरि मतपेटिका ढुवानी गरिरहेको र चालकलाई अनिदो भएर दुर्घटना भएको हुनसक्ने प्रजिअ पन्थीको भनाइ छ । जिपमा चालकसहित १२ जना सवार थिए । घटनाको थप अनुसन्धान भइरहेको छ ।  
 

प्रकाशित मिति: सोमबार, मंसिर ५, २०७९  ०८:५५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार