थप १,०२४ जनामा कोरोना भाइरस संक्रमण

१० जनाको मृत्यु
शनिबार, मंसिर २०, २०७७

काठमाडौं । नेपालमा विगत २४ घण्टामा १,०२४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमन अनुसार कुल ६,०७४ जनाबाट संक्रलित नमुनाको परीक्षण गर्दा त्यति संख्यामा संक्रमित फेला परेका हुन् । सो अवधिमा १० जनाको कोभिड–१९ सँग सम्बन्धित कारणले मृत्यु भएको छ । यो वृद्धिसँगै नेपालमा पुष्टि भएका संक्रमितको कुल संख्या दुई लाख ३९ हजार आठ सयभन्दा बढी छ । तर पर्याप्त परीक्षण नभएकाले यो संख्याले नेपालमा कोरोनाभाइरस महामारीको वास्तविक अवस्था चित्रण गर्न नसक्ने धारणा विज्ञहरूको छ । शुक्रवारको तुलनामा शनिवार दुई हजार कम मानिसको पीसीआर परीक्षण गरिएको मन्त्रालयको तथ्यांकले देखाउँछ ।
 

प्रकाशित मिति: शनिबार, मंसिर २०, २०७७  १७:१८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार