म्याग्दीमा १०७ वर्षीय वृद्धले मतदान गरिन् 

आइतबार, मंसिर ४, २०७९

म्याग्दी । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत आज म्याग्दीमा एक एक सय सात वर्षीय वृद्धले मतदान गरेकी छन् ।  मालिका गाउँपालिका–२ रुमका जसमनी कामीले राष्ट्रिय माविको (क) मतदान केन्द्रबाट मतदान गर्नुभएको मतदान अधिकृत ईश्वरबहादुर भण्डारीले जानकारी दिए ।
म्याग्दीका एक सय २० वटै मतदान केन्द्रमा आइतबार बिहान ७ बजेदेखि मतदान सुरु भएको छ । म्याग्दीमा ८६ हजार मतदाता छन् । यहाँ प्रतिनिधिसभामा एक र प्रदेशसभामा दुई वटा निर्वाचन क्षेत्र छन् । 

९० वर्षीया वृद्धाद्वारा मतदान

तनहुँको व्यास नगरपालिका–५ पतेनी निवासी ९० वर्षीया जगतमाया न्यौपानेले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको लागि मतदान गरेकी छन् । उनलेसोही वडाको ठूलोटारस्थित उदय माध्यमिक विद्यालय मतदान केन्द्र (क) बाट आज मतदान गरेकी हुन् । घरदेखि पाँच सय मिटर दूरीमा अवस्थित न्यौपाने परिवारको साथमा मतदान केन्द्र पुगेकी थिइन् । मतदान गरेपछि न्यौपानेले जनताले आफ्ना जनप्रतिनिधि चयनका लागि मतदान गर्नुपर्ने बताइन् । 

प्रकाशित मिति: आइतबार, मंसिर ४, २०७९  १३:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार