नेपाल र युएइबीचको क्रिकेट खेलमा सट्टेबाजी (जुवा) गर्ने ४४ भारतीय पक्राउ

शनिबार, मंसिर ३, २०७९

काठमाडौँ । नेपाल र युएईबीचको क्रिकेट सिरिजमा सट्टेबाजी गर्ने ४४ भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । 
उक्त एक दिवसीय क्रिकेट सिरिज भइरहेको स्थान कीर्तिपुरमा भारतमा दर्ता रहेका विभिन्न अनलाइन साइटमार्फत पेशेवररूपमा अनलाइन सट्टेबाजी (जुवा) खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ । 
विशेष सूचनाको आधारमा ब्यूरोको टोलीले उनीहरूलाई पक्राउ गरी थप अनुसन्धान जारी रहेको ब्यूरोका प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिए । उनका अनुसार खेल हेर्ने बहानामा उनीहरू सट्टेबाजीमा संलग्न रहेका पाइएको छ ।
यसअघि पहिलो खेलमा यस्ता शङ्कास्पद गतिविधिमा संलग्न व्यक्तिमाथि निगरानी गरी अनुसन्धान गर्ने क्रममा उनीहरू पक्राउ परेका हुन् ।

प्रकाशित मिति: शनिबार, मंसिर ३, २०७९  ०५:५३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार