धादिङमा नौ जनाले मात्रै बुझाए हतियार

बुधबार, कात्तिक ३०, २०७९
मयुर प्लाई

मलेखु । प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन लक्षित सुरक्षा समितिको आग्रहपछि धादिङका नौ जनाले इजाजत प्राप्त हतियार प्रहरीलाई बुझाएका छन् । सम्बन्धित व्यक्तिले जिल्ला प्रहरी कार्यालय र नजिकको प्रहरीचौकीमा हतियार बुझाएका हुन् । निर्वाचनलाई र भयरहित बनाउन जिल्ला सुरक्षा समितिले सम्बन्धित सबैलाई हतियार बुझाउन आग्रह गरेको थियो । जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार नौ जनाले १४ वडा विभिन्न किसिमका बन्दुक बुझाएका छन् ।
जिल्लामा अनुमति प्राप्त ४७ वटा हतियार भए पनि हालसम्म नौ जनाले मात्रै बुझाएको पाइएको हो । हतियार बुझाउने क्रम अझै जारी रहेको र बुझाएको हतियार निर्वाचनपछि सम्बन्धित व्यक्तिले नै लैजान सक्ने जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता एवं् प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले बताए । मङ्सिर १ गतेभित्र हतियार बुझाउन आग्रह पनि गरेको छ । हातहतियार बुझाउन अटेर गरेमा वा नबुझाएमा सुरक्षाकर्मीले जुनसुकै समयमा पनि हातहतियार खरखजनाअन्तर्गत कारबाही गर्ने सुरक्षा समितिले जनाएको छ ।
निर्वाचनलाई भयरहित, निष्पक्ष र शान्तिपूर्ण बनाउन हतियार खरखजाना २०१९ को दफा ८ बमोजिम सो जिल्लाका विभिन्न व्यक्तिसँग इजाजतसहित भएका हतियार प्रहरीलाई बुझाउन आग्रह गरेको हो । जिल्लामा इजाजत प्राप्त हतियार लिएका व्यक्तिले जिल्ला प्रहरी कार्यालय वा नजिकको प्रहरीचौकीमा बुझाउन सक्ने प्रशासनद्वारा जारी सूचनामा उल्लेख गरिएको छ । विगतमा सामाजिक प्रतिष्ठा र सुरक्षाको आवश्यकतालाई आधार बनाएर हतियार राख्ने अनुमति दिने गरिएको थियो ।

प्रकाशित मिति: बुधबार, कात्तिक ३०, २०७९  ०३:३६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार