सोसल मिडिया
Contact Us
युनिकोड
गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्कालाई हटाएका छन् । आज मन्त्री खड्कालाई जिम्मेवारीबाट हटाएर मुख्यमन्त्री पोखरेलले उक्त मन्त्रालय आफैँले हेर्ने गरी राखेका हुन् । मुख्यमन्त्री पोखरेलले मन्त्री खड्कालाई हटाएको पत्र प्रदेश प्रमुख कार्यालयमा पठाएका छन् । मन्त्री खड्का नेपाली कांग्रेसका निवर्तमान सांसद हुन् । उनी २०७४ सालमा समानुपातिक सांसद भएका थिए । पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको आरोपमा खड्कालाई मन्त्रीबाट हटाइएको मुख्यमन्त्री पोखरेलनिकट स्रोतले जनाएको छ । खड्का कास्की क्षेत्र नम्बर २ को प्रदेश सभा क्षेत्र ख काे उम्मेदवार आकांक्षी थिए । तर यहाँ कांग्रेसले विन्दुकुमार थापालाई उम्मेदवार बनाएपछि उनी असन्तुष्ट थिए ।