कांग्रेस केन्द्रीय परिचालन समितिमा सदस्य थप 

मंगलबार, कात्तिक २९, २०७९

काठमाडौँ ।   नेपाली कांग्रेसले आगामी मङ्सिर  ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि गठन गरेको निर्वाचन केन्द्रीय परिचालन समितिमा सदस्य थप गरेको छ ।    कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठको संयोजकत्वमा गठन भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन –२०७९ केन्द्रीय परिचालन समितिले आज मकवानपुरका राजकुमार जिएमलाई सदस्य मनोनयन गरेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए  । यसअघि कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको विधान, २०१७( संशोधन सहित ) पार्टीका पूर्वउपसभापति श्रेष्ठलाई प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन –२०७९ केन्द्रीय परिचालन समितिको संयोजकको जिम्मेवारी दिएको  थियो ।     

प्रकाशित मिति: मंगलबार, कात्तिक २९, २०७९  १६:०३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार