सोसल मिडिया
Contact Us
युनिकोड
लमजुङ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन, विकास र समृद्धि गठबन्धनको मुख्य एजेण्डा रहेको बताएका छन् । लोकतान्त्रिक वाम–गठबन्धन लमजुङद्वारा आज राइनास नगरपालिका–४ सातविसेकमा आयोजित चुनावीसभामा उहाँले विकास निर्माण र समृद्धिमा गठबन्धन लाग्ने बताए । “गठबन्धनका पक्षमा देशव्यापी लहर आएको छ, यसले गठबन्धनका अधिकांश उम्मेदवार विजयी हुने विश्वास लिएको छु”, उनले भने , “गठबन्धनको जीत सुनिश्चित छ ।”
शान्ति प्रक्रिया टुङ्ग्याउने, जनताको अधिकारलाई बलियो बनाउने र देशलाई पछाडि धकल्ने, निरुङ्कुशतातिर र अँध्यारोतिर लैजान खोज्ने दुई गठबन्धनबीच चुनावी प्रतिस्पर्धा भइरहेको उनले बताए । मङ्सिर ४ मा हुने निर्वाचनले जनता कुन पक्षमा छन् भन्ने स्पष्ट हुने उनको भनाइ छ । “यो युगान्तकारी परिवर्तन, राष्ट्र, बचाउने, शान्ति कायम गर्नमा नेपाली कांग्रेस र माओवादीका नेता तथा कार्यकर्ताको भूमिका छ”, उनले भने , “यसका लागि कैयनको ज्यान गएको छ, म उहाँहरुलाई सम्मान गर्न चाहन्छु ।” मुलुकमा अझै पनि शान्ति प्रक्रियाका केही काम बाँकी रहेको भन्दै उनले अब बन्ने गठबन्धनको सरकारले उक्त जिम्मेवारी पूरा गर्ने उनको दाबी छ ।
हाँले गोरखा, तनहुँ लमजुङकै वरिपरिका गठबन्धनका उम्मेदवारले नै सरकरको नेतृत्व गर्ने सम्भावना रहेको जिकिर गर्दै गठबन्धनका उम्मेदवार विजयी हुनुपर्ने बताए । उनले चेपे, दोर्दी, मस्र्याङ्दी, मदिम र माडि करिडोरले लमजुङका जनताको आयस्तरमा ठूलो वृद्धि गर्ने बताए । त्यस्तै, डुम्रे बेँसीसहर हुँदै मनाङ जाने सडक र मध्यपहाडी लोकमार्ग समयमै कालोपत्र गर्न पहल गर्ने उनले आश्वासन दिए । त्यस्तै मुलकमा शान्ति, लोकतन्त्र, जनताको अधिकारमा खतरा रहेसम्म गठबन्धन कायम रहनेसमेत दाबी गरे ।
त्यस्तै, नेपाली कांग्रेसका वरिष्ठ नेतारामचन्द्र पौडेलले गठबन्धन मुलुकको आवश्यकताका आधारमा गठन भएको भन्दै गठबन्धनका उम्मेदवारलाई जिताउनुपर्ने बताए । “माओवादीका कार्यकर्ताले रुख चिन्ह र कांग्रेसका कार्यकर्ताले हसियाँ हतौडा हाम्रै चिन्ह हो भनेर नहिच्किचाइ भोट हाल्नुपर्छ” , उनले भने ।
आफूहरुले ७० वर्ष लडेर ल्याएको राजनीतिक परिवर्तले दलित जनजाति, उत्पडित, महिलालगायतको अधिकार स्थापित भएको भन्दै पौडेलले गाउँगाउँमा सिंहदरबार आएको बताए । “अब देशले राजनीतिमा नयाँ प्रयोग देशले पटकपटक धान्न सक्दैन”, उनले भने , “जुन परिवर्तन ल्यायौँ यसलाई नै दिगो बनाउँदै मुलुकको विकास गर्नुपर्छ ।” उनले रोजगारीको अभावमा विदेश जाने श्रमिक बढ्दा गाउँ रित्तो हुँदै गएको भन्दै अब गाउँमै रोजगारी सिर्जना गर्ने दाबी गरे । कार्यक्रममा नेकपा माओवादी केन्द्रका महासचिव तथा लमजुङ प्रतिनिधिसभाका उम्मेदवार देवप्रसाद गुरुङले आफू र गठबन्धनले जितेमा मात्र जिल्लामा विकासको लहर आउने जिकिर गरे ।