संविधानमाथि पटक / पटक प्रहार गर्नेहरूसँग  चुनावी  मैदानमा  छौँ  :  वर्षमान पुन 

आइतबार, कात्तिक २७, २०७९

काठमाडौँ   ।  नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले केपी ओली अझै संविधान, लोकतन्त्र र व्यवस्था माँस्ने अभियानमा सक्रिय रहेको बताएका छन् ।   ओलीले राजावादी र विखण्डनकारीहरूको अपवित्र गठबन्धन बोकेर चुनावमा भोट माग्दै हिँडेको आरोप पुनले लगाए।   उनले  भने आफूहरूले विगतमा ओलीबारे गर्दै आएको टिप्पणी उनको चुनावी गठबन्धनमा रहेका दल र व्यक्तिहरूका अनुहार र चरित्रबाट प्रष्ट भएको पुनको भनाइ  छ ।  ‘ उनले  भने आज फेरि प्रतिगामी सोच राख्नेहरू, संविधानमाथि पटक(पटक प्रहार गर्नेहरू चुनावी गठबन्धनका नाममा जुर्मुराई रहेका छन्। लोकतान्त्रिक वाम गठबन्धनविरूद्ध अपवित्र खालको गठबन्धन बनेको छ’, गृहजिल्ला रोल्पाको सुलैचौधरमा लोकतान्त्रिक वाम गठबन्धनको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै पुनले भने, ‘पटकरपटक संविधान च्यात्नेहरू,  प्रतिगमनको प्रयास गर्ने, लोकतन्त्रमाथि चुनौती खडा गर्नेहरू, हिजोका राजावादीहरू, मधेशलाई अलग राज्य बनाउन चाहनेहरू, विभिन्न खाले विखण्डनवादी र साम्प्रदायिक सोच राख्ने शक्ति तथा व्यक्तिहरूको प्रतिगामी मोर्चा जनताविरूद्ध खडा गरिएको छ। हामी मंसिर ४ मा यसलाई परास्त गर्ने  छौँ ।   
 

प्रकाशित मिति: आइतबार, कात्तिक २७, २०७९  १७:३९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार