सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । पछिल्लो २४ घन्टामा नेपालमा थप १२ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३८ हजार ८ सय ६१ पुगेको छ । आठ हजार भन्दा केही मानिसबाट संकलित नमुनाको परीक्षण गर्दा त्यति संख्यामा सङ्क्रमित फेला परेका हुन् । तर पर्याप्त परीक्षण नभएकाले यो संख्याले नेपालमा कोरोनाभाइरस महामारीको वास्तविक अवस्था चित्रण गर्न नसक्ने धारणा विज्ञहरूको छ । यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर १५ सय ७५ जना डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या २ लाख २१ हजार ८ सय ४७ जना पुगेको छ । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या १५ हजार ४ सय ४७ पुगेको छ । त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप १६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५ सय ६७ पुगेको छ । काठमाडौं उपत्यकाका तीन जिल्लामा धेरै संक्रमित फेला पर्ने क्रम अहिले पनि जारी छ ।