सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । शुक्रबार ५ हजार ७२७ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३३ जनाको मृत्यु भएको छ । यो सहित मृत्यु हुनेको संख्या ३,२७९ जना पुगेको छ । १५ हजार ९१६ पीसीआर र एन्टीजेन नमुना परीक्षण गर्दा उक्त परिमाणमा संक्रमित थपिएका हुन् । पछिल्लो २४ घण्टामा ९२८ जना निको भएका छन् । सक्रिय संक्रमित संख्या ३८ हजार ८१३ पुगेको छ । कूल संक्रमित संख्या ३ लाख २३ हजार १८७ पुगेको छ ।