काठमाडौँ–६ को निर्वाचन रोचक बन्दै

ठूला दललाई राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालको चुनौती 
बिहीबार, कात्तिक २४, २०७९
Global Ime Bank

काठमाडौंँ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिँदै गर्दा उम्मेदवार प्रचारप्रसारमा व्यस्त छन् । उम्मेदवार आफ्ना एजेण्डा बोकर जनतामाझ पुगिरहेका छन् । उम्मेदवारले सबैले आफूले जित्ने दाबी गरिरहेका छन् ।
काठमाडौँ क्षेत्र नं ६ मा ठूला दलका पुराना उम्मेदवार र नयाँ उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि सत्तागठबन्धनबाट नेपाली कांग्रेसका पुरानै उम्मेदवार भीमसेनदास प्रधान चुनावी मैदानमा छन् । नेकपा (एमाले)बाट पहिलोपटक सर्वेन्द्र खनाल प्रतिस्पर्धामा छन् ।

ktm61668088094.jpg
दुई ठूला पार्टीलाई राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालले कडा चुनौती दिएका छन् । 
शिशिर खनाल शैक्षिक अभियन्ता, उद्यमी र सार्वजनिक नीतिको विशेषज्ञ हुन् । उनले सामुदायिक विकास निम्ति विश्वका विभिन्न देशहरूमा काम गरेर लामो अनुभव बटुलेका छन् । खनाल शैक्षिक अभियन्ता, उद्यमी र सार्वजनिक नीतिको विशेषज्ञ हुन् ।

उनले सामुदायिक विकास निम्ति विश्वका विभिन्न देशहरूमा काम गरेर लामो अनुभव बटुलेका छन् । नेपालको शैक्षिक क्षेत्रमा सबैभन्दा प्रभावकारी काम गर्न सफल ‘टिच फर नेपाल’ को स्थापना र नेतृत्व गरी सरकारी विद्यालयमा अध्ययन गर्ने ५० हजार भन्दा बढी विद्यार्थीमा गुणस्तरीय शिक्षाको पहुँच निर्माणमा पनि उनको योगदान उल्लेखनीय नै रहेको छ । 
तुलसीपुर उप–महानगरपालिका दाङको शिक्षा सल्लाहकार रही नीति निर्माण र शैक्षिक रुपान्तरणको खाका कोर्ने काममा पनि उनको योगदान रह्यो । 

shi1668088125.jpg

शिशिरको उम्मेदवारी किन ?

देशमा विभिन्न कालखण्डमा भएका व्यवस्था परिवर्तनको बाबजुद पनि सामान्य मानिसको अवस्थामा अपेक्षित सुधार हुन सकेको छैन । मानिसका सामान्य सरकारी कामहरू जस्तै जन्मदर्ता, मृत्युदर्ता, पासपोर्ट बनाउन होस् वा सवारी चालक अनुमति पत्र लिन नै किन नहोस् अझै पनि रातभरि लाइन बस्नुपर्ने बाध्यता छ ।
अहिले पनि जन–जीविकाको सवालमा नागरिकहरुले खानेपानी अभाव झेलिरहेका छन्, बर्खामा बाटो हिलाम्मे र हिउँदमा धुलाम्बे हुने अवस्थाको अन्त्य हुन सकेको छैन । सरकारी विद्यालयको शिक्षा कमजोर र निजी सर्वसाधारणको तिर्ने नसक्ने गरी महँगा छन् । यी विषय विस्तारै समाधान गर्न शिविरले उम्मेदवारी दिएको बताए । हरेक दिन १००० नेपाली युवा रोजगारीको निम्ति विदेशीन बाध्य छन् । राम्रो उपचार पाउन दसौं हजार खर्च गर्नुपर्ने अवस्थाको अन्त्यका लागि सुरुवात गर्ने उनको चाहना छ ।
आफ्ना सन्तानलाई राम्रो शिक्षा–दीक्षा, बिरामी हुँदा सजिलै उपचारको पहुँच, सम्मानजनक रोजगारी र आम्दानी, सरकारी सेवामा छरितोपन आदि बनाउनकै लागि पनि आफ्नो उम्मेदवारी दिएको उनी बताउँछन् । 

‘अब नीति निर्माण गर्न जान्ने, काम गर्न सक्ने सक्षम व्यक्ति हाम्रो सांसद र सरकारमा चाहिएको छ’ त्यसैले त्यो आवश्यकता पूरा गर्न मेरो योगदान पुगोस् भनेर नै काठमाडौं–६ बाट उम्मेदवारी दिएको हुँ उनले भने, ‘चुनाव प्रचारका क्रममा घर दैलोमा पुग्दा आफू निक्यै उत्साहित भएको छु ।’ 

‘ठूला दलप्रति मतदाताको असन्तुष्ठि व्यापक स्तरमा पाएको छु’, शिशिरले भने, ‘मतदाताको यो असन्तुष्टिलाई क्यास गर्दै युवा तथा सक्षम उम्मेदवार खोजेको उनीहरूको आकांक्षा पूर्ति गर्ने छु ।’ 
काठमाडौ क्षेत्र नं. ६ का नागरिकहरूको दैनिक जीवनलाई सहज बनाउन आवश्यक बाटो, खानेपानी, फोहोरमैला व्यवस्थापन, स्वास्थ्य, शिक्षाका साथै राष्ट्रिय नीति निर्माणको काम गर्न पनि आफू क्रियाशील हुने शिशिरको प्रतिवद्धता छ ।

sis1668088128.jpg

कांग्रेस नेता प्रधान यसअघि दुईपटक सो क्षेत्रबाट सांसदमा निर्वाचित भइसकेका उम्मेदवार हुन् । विसं २०७४ को निर्वाचनमा प्रधान वाम–गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र)का झक्कुप्रसाद सुवेदीलाई एक हजार तीन सय मतान्तरले पराजित गर्दै निर्वाचित भएका थिए । 
पूर्वप्रहरी महानिरीक्षकसमेत रहेका खनाल केही समयअघि मात्र एमालेमा प्रवेश गरेका हुन् । नव प्रवेशीलाई टिकट दिएको भन्दै एमाले वृत्तमा उनको आलोचना पनि हुने गरेको सुनिन्छ । मतदातालाई एमाले कार्यकर्ताको यो असन्तुष्टिले पनि केही असर पार्न सक्ने आकलन गरिएको छ । काठमाडौँको राजनीतिका लागि खेलाडी मानिने प्रधान आफ्नो जीतलाई कायमै राख्ने कसरतमा छन भने खनाल कांग्रेसको किल्ला भत्काउने दाउमा छन् । तर सधैँ एउटै पात्रलाई चुनावमा उठाएको भन्दै काँग्रेस भित्र पनि असन्तुष्टि व्यापक स्तरमा रहेको छ । गठबन्धनको बलमा चुनाव जित्नेमा उनी आशावादी त छन् तर मत अदल बदल कत्तिको हुन्छ त्यसको प्रतिक्षा मंसिर ४ नै कुनुपर्नेछ ।

shisir1668087207.jpg
कांग्रेसका उम्मेदवार तथा पूर्वरक्षामन्त्री प्रधानको नेवारी संस्कृतिको संरक्षण गर्दै नैतिक शिक्षामा आधारित प्राविधिक शिक्षालाई जगेर्ना गर्नु प्रमुख एजेण्डा रहेको छ । उनले आफ्नो क्षेत्रभित्र रहेका परम्परा, संस्कृति, सम्पदा र संस्कारको जर्गेना गर्ने मुख्य लक्ष्य लिएका छन् । त्यस्तै एमालेका उम्मेदवार खनाल सहरी बस्ती भएका क्षेत्रमा खानेपानी, ढल, विद्युत्को समस्याको समाधान र काठ क्षेत्रमा कृषि तथा घरेलु उद्योगको विकास गर्ने एजेण्डा लिएर चुनावी मैदानमा उत्रिनुभएको छ । आफ्नो क्षेत्रभित्र रहेका संस्कृति तथा सम्पदाको संरक्षण गर्दै पर्यटन प्रवद्र्धनमार्फत क्षेत्रको विकास गर्ने उहाँको प्रमुख योजना रहेको छ ।
प्रधान र खनालसहित विवेकशील साझा पार्टीका अजित खड्का, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका महेश्वर कार्की, हाम्रो नेपाल पार्टीका मुकुन्द सिलवाल, नेपाल आमा पार्टीका राजेन्द्र खनाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका विष्णुप्रसाद आचार्य, मौलिक जरोकिलो पार्टीका कमल न्यौपाने, एकीकृत शक्ति नेपालका काजी कार्की, राष्ट्रिय जनमुक्ति पार्टीका तारा रसाइली, जनता समाज पार्टी नेपालका मनोज आचार्य र नेपाल मजदुर पार्टीका सनकमान महर्जनले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका छन् । 
यसैगरी किरण इङ्नाम, बलबहादुर केसी, विष्णुप्रसाद ढकाल, राजेश श्रेष्ठ (मास्के),खगेन्द्र ढकाल, जनकराज थपलिया, दिपु उप्रेती, निर्देश सिलवाल, प्रेमसागर कर्माचार्य, सञ्जयमान श्रेष्ठ र सानुकान्छा महर्जनको पनि स्वतन्त्र उम्मेदवारी परेको छ ।

shisir khanal1659685754.jpg
सो क्षेत्रमा प्रतिनिधिसभा सदस्य एक पदका लागि कूल २४ जनाको उम्मेदवारी परेको छ । त्यसमध्ये ११ स्वतन्त्र र १३ विभिन्न राजनीतिक दलका उम्मेदवार छन् । 
उक्त क्षेत्रमा काठमाडौँ महानगरपालिकाका तीन, तारकेश्वर नगरपालिकाका आठ र टोखा नगरपालिकाका पाँच वडा समेटिएका छन् । त्यसमध्ये कांग्रेसले काठमाडौँका वडा नं २६, २७ र २८, तारकेश्वरका वडा नं २, ६, ७, ८, १०, ११ र टोखाको वडा नंं १ गरी १० वडामा विजयी हासिल गरेको छ । एमालेले तारकेश्वरका वडा नं १ र ९, सोही क्षेत्रभित्र पर्ने टोखाका वडा नं ८, ९, १० र ११ गरी छ वडामा विजय प्राप्त गरेको छ ।
गत स्थानीय तहको निर्वाचनको मतपरिणामलाई केलाउँदा कांग्रेस गठबन्धनको साथविना पनि बलियो देखिएको छ । कांग्रेसका वडाध्यक्षले १७ हजार दुई सय ७७, एमालेका वडाध्यक्षले १४ हजार दुई सय ५६, नेकपा (माओवादी केन्द्र)ले एक हजार चार सय ५७ र नेकपा (एकीकृत समाजवादी)ले सात सय ८० मत प्राप्त गरेका छन् । एमालेभन्दा कांग्रेस एक्लै पनि तीन हजार २१ मतान्तरले अगाडि छ । बासठ्ठी हजार एक सय दुई कूल मतदाता रहेको प्रतिनिधिसभा निर्वाचन क्षेत्र काठमाडौँ–६ मा ३२ मतदानस्थल र ७५ मतदान केन्द्र निर्धारण गरिएको छ । सोमध्ये २९ हजार नौ सय ६३ पुरुष र ३२ हजार एक सय ३८ महिला मतदाता छन् ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २४, २०७९  १९:१३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार