पत्रकार सरोजराज अधिकारी झुण्डिएको अवस्थामा मृत फेला 

बिहीबार, कात्तिक २४, २०७९

काठमाडौँ । पत्रकार सरोजराज अधिकारी काठमाडौँको एक होटलमा मृत फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीले पत्रकार अधिकारी सिद्धार्थ होटलको कोठा नम्बर ५०२ मा पङ्खामा झुन्डिएको अवस्थामा फेला परेको जानकारी दिए ।
पत्रकार अधिकारी कात्तिक २१ गतेदेखि घरबाट निस्केर घर नफर्केपछि उनकी श्रीमतीले प्रहरीमा निवदेन दिएकी थिइन् । प्रहरीले मोबाइल ट्र्याक गरेर खोज्दा पङ्खामा झुन्डिएको अवस्थामा फेला पारेको हो । 


 

प्रकाशित मिति: बिहीबार, कात्तिक २४, २०७९  ०५:३५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार