भरतपुर अस्पतालमा दुई सङ्क्रमितको मृत्यु

शुक्रबार, वैशाख १७, २०७८

चितवन । भरतपुर अस्पतालमा उपचाररत दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२५ का ४८ वर्षीय र देवचुली नगरपालिका–१६ का ४७ वर्षीय पुरुष छन् ।  अस्पतालका अनुसार भरतपुरका पुरुष मिर्गौलामा समस्या भई यही वैशाख १२ गते अस्पताल भर्ना भएका थिए । उनमा १३ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।  कोरोना सङ्क्रमण पुष्टि भएसँगै अस्पतालको कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको आज बिहान मृत्यु भएको हो । यस्तै नवलपारसीको देवचुलीका पुरुषको पनि आजै मृत्यु भएको छ ।  बाटोमा हिँड्दा लडी घाइते भएर उपचारका लागि वैशाख १२ गते अस्पताल आएका उनमा १३ गते कोरोना पुष्टि भएको थियो । कोरोना पुष्टि भएसँगै उनको कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो ।–रासस
 

प्रकाशित मिति: शुक्रबार, वैशाख १७, २०७८  १५:३२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार