सोसल मिडिया
Contact Us
युनिकोड
ललितपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विगतमा ललितपुरसहित देशको विकास र जनजीविका विषयमा पुर्याएको योगदानका आधारमा आफूलाई जनताले मतदान गर्ने विश्वास व्यक्त गनरेकी छन् । ललितपर निर्वाचन क्षेत्र नं ३ का प्रतिनिधिसभा उम्मेदवार रहेकी मन्त्री भुसालले गत निर्वाचनमा आफूले उठाएका मुद्दा पूरा गर्नका लागि पनि आफू निर्वाचित हुनुपर्ने बताइन् । आगामी पाँच वर्षमा ललितपुरका जनताले गुणस्तरीय जीवन जीउने आधार तयार गरिने उल्लेख गर्दै नेकपा (माओवादी केन्द्र) का उप–महासचिव समेत रहेकी मन्त्री भुसालले राजनीतिक स्थायित्व र आर्थिक समुन्नतिलाई आफूले चुनावी प्रतिबद्धतामा समेटेको जानकारी दिइन् ।
मङ्सिर ४ गते हुने निर्वाचनमा आफू स्पष्ट रुपमा निर्वाचित हुने मन्त्री भुसालले भनिन्, “ललितपुर–३ का ९० प्रतिशत मतदातासँग मेरो दोहोरो चिनाजान छ, धेरै मतदातालाई म चिन्छु, उहाँहरूले पनि मलाई चिन्नु हुन्छ, त्यसैले पनि निर्वाचनको नतिजा स्पष्ट छ ।” विगतमा आफूले जनताको भावना बुझेर आफूले काम गरेको उल्लेख गर्दै उनले आगामी दिनमा उहाँहरूको अनुमतिबाट अगाडि बढ्ने विशवास दिलाइन् । जनताका आधारभूत आवश्यकता पूरा गर्दै देशको आर्थिक तथा सामाजिक विकासलाई मुख्य मुद्दा बनाएर आफू चुनावी मैदानमा होमिएको बताउँदै मन्त्री भुसालले पर्यटनमा आधारित अर्थतन्त्र, पर्यवरणमैत्री गतिविधि र समतामुलुक समाज निर्माणका लागि निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गरिन् । त्यसैगरी ललितपुर निर्वाचन क्षेत्र नं ३(२)का उम्मेदवार जितेन्द्रकुमार श्रेष्ठले आगामी निर्वाचनमा प्रतिपक्षभन्दा दोब्बर मत ल्याएर आफू निर्वाचित हुने विश्वास व्यक्त गरे । उनले आफू नेपाली कांग्रेसको जिल्ला सभापतिसमेत रहेकाले पार्टीको निर्णयअनुसार उम्मेदवार भएका गठबन्धनका उम्मेदवार सबै निर्वाचित हुने विश्वास लिएको बताए । उनले भने, “म त निर्वाचित हुन्छु नै गबन्धनका उम्मेदवार पनि अत्यधिक बहुमतले निर्वाचित हुनुहुन्छ ।”
मन्त्री भुसाल र जिल्ला सभापति श्रेष्ठ आज ललितपुर महानगरपालिकाको २ नं वडा जनता समक्ष आफ्नो प्रतिबद्धता व्यक्त गर्दै मतको अपिल गरेकी थिए । उनीहरुले घरघर पुगेर अग्रगमन र संविधानको रक्षार्थ आफूहलाई मतदान गर्न आह्वान गरेका थिए । विकासका कामलाई निरन्तरता दिँदै अझ गुणस्तरीय सडक, शिक्षा र स्वास्थ्य सेवा प्रवद्र्धन गर्ने आफूहरुको मुद्दा भएको उल्लेख गर्दै आगामी दिनमा समृद्ध ललितपुर बनाउने आफूहरुको अभियानलाई सघाउन उनीहरुले आग्रह गरेका थिए । घरदैलोमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा(एकीकृत समाजवादी)लगातका पार्टीका कार्यकतासहित जनताको सहभागिता थियो । घरदैलोका क्रममा जनताले उम्मेदवारलाई माला, खादा एवं पुष्प गुच्छासहित सगुनले स्वागत गरेका थिए । गठबन्धनका नेताले सो निर्वाचन क्षेत्रको खोकना र बुङ्गमतिमा भोलि घरदैलोमा जाने कार्यक्रम रहेको छ ।
घरदैलाेमा मतदातासँग ऊर्जामन्त्री एवं ललितपुर ३ का लागि वामलोकतान्त्रिक गठबन्धनकी उम्मेदवार भुसाल र प्रदेशसभा सदस्य उम्मेदवार जितेन्द्र कुमार श्रेष्ठले विकास र समृद्धिका लागि भोट दिन आग्रह गरेका छन् । मंगलबार विहानै ललितपुर सानेपाका मतदाताको घर दैलोमा पुगेर भुसाल र श्रेष्ठले मतदाताका हातमा आफ्ना प्रतिवद्धता पत्र थमाउँदै भनेका थिए, ‘हामी ललितपुरवासीको गुणस्तरीय जीवन जीउने आधार तयार गर्न चाहान्छौं। यहाँको पर्यटनमा आधारित अर्थतन्त्र, समतामूलक समाज र स्वच्छ पर्यावरणलाई तत्काल विशेष प्राथमिकता दिएर सो अनुरुपका नीति तथा कार्यक्रम तर्जुमा गर्न चाहान्छौ, त्यसका लागि हामीलाई मत दिनुस् ।’
‘शान्ति, समृद्धि र स्थायित्वका लागि बामलोकतान्त्रिक गठबन्धन बनेको हो, पाँच वर्षसम्म संसदले काम गर्न पाउँछ, ’ उम्मेदवार भुसालले भनिन्, ‘ निर्माणाधीन बाग्मती, नख्खु, कर्मनासालगायत कोरिडोर सम्पन्न गर्ने गरी हामी अगाडी बढ्ने छौं । ललितपुरबासीले गर्व गर्न लायक शहर निर्माण गर्ने हाम्रो अठोट छ ।’
त्यसैगरी नेपाली काँग्रेस ललितपुरका सभापति समेत रहेका प्रदेशसभा सदस्यका उम्मेदवार जितेन्द्र कुमार श्रेष्ठले ललितपुरको समग्र विकासका साथै, कला, संस्कृति एवं सम्पदाको संरक्षण र प्रवद्र्धनका लागि पनि बामलोकतान्त्रिक गठबन्धनको जीत आवश्यक रहेको वताए । ‘ललितपुरका ६ वटा स्थानीय तहमा नै हाम्रो नेतृत्व छ । यहँको माटो सुहाँउदो विकास र आम नागरिकहरुको हीतका लागि हामी क्रियाशील हुनेछौं, म समाजसेवाका लागि राजनीतिमा आएको छु, ललितपुरको समृद्धि नै मेरो अर्जुनदृष्टि हो।’
प्रतिनिधिसभा ललितपुर क्षेत्र नं. ३ मा ललितपुर महानगरका १, २, ३, ४, ५, १०, १३, १४, १५, १८, २० २१, २२, २३, २४, २५, २६, २७, २८, २९ र गोदावरी नगरपालिकाका १२ र १४ गरी २२ वटा वडा पर्छन् । यस क्षेत्रमा ९४ हजार १ सय १६ मतदाता रहेका छन् ।
वि।सं। २०७९ सालको स्थानीय तहको निर्वाचनमा ललितपुर महानगरको ४, १०, १४, २०, २८ को वडा कांग्रेसका उम्मेदवारले जित हासिल गरेको छ । यस्तै २१, २६ र २७ वडा माओवादी केन्द्रका उम्मेदवारले र २ र ३ वडा एकीकृत समाजवादीका उम्मेदवारले जित हासिल गरेको छ । १ र १३ वडा स्वतन्त्रले जित्दा ५, १५, १८, २२, २३, २४, २५, २९ मा एमाले विजयी भएको थियो ।
स्थानीय तह निर्वाचनमा ती वडाका मत परिणामलाई आधार मान्दा यहाँ गठबन्धनको अग्रता देखिन्छ । यस क्षेत्र अन्तर्गतका वडामा कांग्रेसको १८ हजार ५४५, एमालेको १७ हजार ७०९, माओवादीको ७ हजार ७२७, नेकपा एकीकृत समाजवादीको ५ हजार १२९ र राप्रपाको ४ हजार ३४२ मत छ ।