कर्णालीको विकासलाई प्राथमिकतामा राखिन्छ  : प्रचण्ड

मंगलबार, कात्तिक २२, २०७९
Global Ime Bank

जुम्ला ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्णालीको विकास आफ्नो प्राथमिकतामा रहेको  बताए   । यहाँको विकासबारे सत्ता गठबन्धनका बैठकहरुमा पनि छलफल हुने गरेको भनदै उहाँले आगामी दिनमा आफूले यहाँको विकासका बारेमा थप जोड दिने प्रतिबद्धता व्यक्त गरे  । जुम्लाको खलंगामा आज आयोजित सभालाई सम्बोधन गर्दै उहाँले कर्णालीको जुम्लामा उत्पादन हुने मार्सी चामलको चर्चा अहिले निकै भएको भन्दै मार्सी चामललाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन आवश्यक सहयोग गर्ने पनि बताए । उनले  भने  ‘‘त्यो विषय मसँग पनि जोडियो । एक पटक मार्सी चामलको भात के खाएका थियौँ, निकै चर्चामा आयो । त्यसले बजारीकरणमा टेवा पुग्यो । यहाँको स्याउ, गेडागुडी, सिमी, स्याउको पनि उत्तिकै चर्चा छ । यसको उत्पादनमा वृद्धि गर्नाका साथै प्याकेजिङ र बजारीकरणमा विशेष जोड दिइने छ ।’’ यस्तै जुम्लाको सिञ्जा खस सभ्यताको उद्गमस्थल हो । यसको संरक्षण प्रवद्र्धनका लागि प्रतिष्ठान स्थापना गरी जगेर्ना गरिने अध्यक्ष प्रचण्डले बताए  । उनले गठबन्धनका उम्मेदवारहरुलाई विजयी गराउन जुम्लाका नागरिकसँग आग्रह पनि गरे  । उनले आफूहरु निरङ्कुशताका विरुद्ध १२ बुँदे सम्झौताहुँदै सङ्घीय लोकतान्त्रिक गणतन्त्रबाट प्रतिगमनविरुद्ध एकजुट भएर निर्वाचनमा होमिएको बताए   । 202211081336-2542c289-3599-43fa-976e-0ba3f76e78d1_medium1667905041.jpg

अध्यक्ष प्रचण्डले संविधानको रक्षा गर्न र विकासको अर्को चरणको सुरुआत गर्न  नेपालमा निर्वाचनपछि वर्तमान गठबन्धनकै बहुमतको सरकार सञ्चालन हुने जानकारी दिए  । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कर्णालीको विकास र रोजगारी सिर्जना गर्न मङ्सिर ४ पछि सङ्घीय सरकारदेखि कर्णाली प्रदेशमा पनि सत्ता गबठन्धनको सरकार सञ्चालन हुने बताए  । जुम्लाका गठबन्धन उम्मेदवारलाई जिताउन जुम्ली जनतासँग उनले आग्रह गरे  । कर्णालीको स्वास्थ्य, शिक्षा खानेपानी र यतायात क्षेत्रमा विशेष बजेटको व्यवस्था गरी प्रदेशका १० वटै जिल्लाको विकासका लागि सत्ता गठबन्धनको सरकारको आवश्यक रहेको उपसभापति खड्काले जानकारी दिए  ।  
अबको सरकारले कर्णालीको विकास गर्न विशेष बजेटको व्यवस्थापन गर्ने पनि उपसभापति खड्काले जानकारी दिए । माओवादी अध्यक्ष प्रचण्ड र कांग्रेस उपसभापति खड्काले एकै दिन जुम्ला, कालीकोट र हुम्लामा भएका चुनावी सभलाई सम्बोधन गरेका  छन्  । 
जुम्लामा गबन्धनबाट प्रतिनिधिसभा सदस्यमा गोमा गौतम कुँवर, प्रदेश सभा (क)  मा ललितजङ्ग शाही र प्रदेश (ख) बाट नेकपा ( एकीकृत समाजवादी) का पदमबहादुर रोकाया चुनावी मैदानमा  छन्  । यसअघि अध्यक्ष प्रचण्डले सत्ता गठबन्धनका प्रतिनिधिसभा सदस्य उम्मेदवार गोमा गौतम कुँवरलार्ई मन्त्री बनाउने प्रतिबद्धता पनि सभामा व्यक्त गरे   । उनले भने   ‘‘गोमाजीलाई जिताएर पठाउनोस् मन्त्री बनाउने जिम्मा हाम्रो भयो ।’’  रासस 

प्रकाशित मिति: मंगलबार, कात्तिक २२, २०७९  १६:३५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार