सभागृह निर्माण प्राथमिकतामा   :  नेता  कृष्णप्रसाद सिटौला  

सोमबार, कात्तिक २१, २०७९

झापा ।  नेपाली कांग्रेसका नेता  कृष्णप्रसाद सिटौलाले चन्द्रगढीस्थित अलपत्र गिरिजाप्रसाद स्मृति सभागृह ९जीपी सभागृह०को निर्माणलाई पहिलो प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेका  छन्  । आज भद्रपुरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले जीपी स्मृति सभागृहको निर्माण आफ्नो चुनावी प्रतिबद्धताको पहिलो सूचीमा रहेको बताए   । झापा–१ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहनुभएका सिटौलाले भन्नुभयो, “जीपी सभागृह निर्माण मेरो पहिलो प्राथमिकता हो ।” सात वर्षअघि झापा सदरमुकाम चन्द्रगढीको मध्यभागमा निर्माण थालिएको गिरिजाप्रसाद स्मृति सभागृह अहिले अलपत्र अवस्थामा छ । २०७२ असार २८ गते तीन जना पूर्वप्रधानमन्त्री सुशील कोइराला, केपी शर्मा ओली र पुष्पकमल दाहालले सभागृहको संयुक्त शिलान्यास गरेका  थिए  ।

दुई वर्षमा निर्माणकार्य सम्पन्न हुने भनिए तापनि अहिलेसम्म सभागृह अधुरै मात्र छैन, राज्यको पुनः संरचनापश्चात सो सभागृह स्थानीय, प्रदेश र सङ्घीयमध्ये कुनै पनि सरकारलाई हस्तान्तरण नगरिँदा यसको निर्माण कार्यमा अघि बढ्न सकेको छैन । सो सभागृह निर्माणका लागि रु १२ करोड ७२ लाखमा ठेक्कासमेत लगाइएको थियो । सो निर्वाचन क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसँग सिटौँलाको चुनावी प्रतिस्पर्धा छ । सिटाँैलालाई माओवादी र एकीकृत समाजवादीसहितको गठबन्धनको साथ छ भने लिङ्देनलाई एमालेको समर्थन छ । यसपाली सिटौँलाले लोकतन्त्र र गणतन्त्रप्रति प्रतिबद्ध जनमत आफूप्रति आकर्षित भएको जिकिर गर्दै चुनाव जित्ने दाबी गरेका  छन्  । राप्रपाका उम्मेद्वार लिङ्देन नेकपा एमालेको समर्थनमा जित दोहो¥याउने कसरतमा  छन्  । 

प्रकाशित मिति: सोमबार, कात्तिक २१, २०७९  १८:४४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार