कोरियाका संघीय सांसद लि साङ्गेहन र ललितपुर नगरप्रमुखबीच भेटवार्ता   

कोरियाका सांसदले भने,  ‘फोहोर व्यवस्थापनको विषयमा समयमै सोच्नुस् 
आइतबार, कात्तिक २०, २०७९

ललितपुर । कोरियाका संघीय सासंद लि साङ्गेहनले ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनसँग भेटवार्ता गरेका छन् । 
पुल्चोकस्थित महानगर कार्यालय आइतबार बिहान आएका लि  साङ्गेहन र ललितपुर महानगरका प्रमुखबीच फोहोर व्यवस्थापनको सम्बन्धमा छलफल भएको थियो । 
लि साङ्गेहनले फोहोर व्यवस्थापन अन्य देशको जस्तै नेपालको पनि ठूलो समस्या भएको बताए । उनले भने, ‘ फोहोर व्यवस्थापनका लागि डम्पिङ साइट तयार गर्ने र त्यहाँ लगेर फोहोर थुपार्ने काम नै अन्तिम विकल्प होइन, त्यसैले फोहोर व्यस्थापनका लागि दीर्घकालिन उपाय सोच्नुपर्छ । ’ उनले फोहोरको वर्गिकरण गरेर मात्रै त्यसको व्यवस्थापन गर्नुपर्ने धारणा राखे । कोरियामा अहिले डम्पिङ साइटबाट फोहोर झिकेर अहिले वर्गिकरण गर्न सुरु गरिएको उनले बताए । 
ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले ललितपुरले फोहो व्यवस्थापनका लागि दीर्घकालिन योजना तयार गरिरहेको बताए । उनले महिला समूह, आमा समूहलाई महानगरले विभिन्न समयमा फोहोरको व्यवस्थापन र वर्गिकरणसँगसम्बन्धी तालिम दिएको जानकारी दिए । नगरप्रमुख महर्जनले फोहोर व्यवस्थापन गर्न ललितपुर महानगर नचुकेको बताउँदै दीर्घकालिन समस्या समाधानका लागि ठोस कार्यक्रम अघि बढाइने बताए । भेटवार्तामा ललितपुर महानगरकी उपप्रमुख मंजली शाक्य बज्राचार्य पनि उपस्थित थिइन् । कार्यक्रममा सफाई शाखाका प्रमुख सुरेन्द्र अवाले पनि सहभागी थिए ।

 

प्रकाशित मिति: आइतबार, कात्तिक २०, २०७९  २१:४१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार