केन्द्रीय सदस्य टेकप्रसाद गुरुङलाई पत्नी शोक

आइतबार, कात्तिक २०, २०७९

चितवन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङलाई पत्नी शोक परेको छ । गुरुङकी श्रीमती शिरमाया गुरुङको आज बिहान ५ः२० बजे फोक्सोको क्यान्सरका कारण निधन भएको हो । विसं २००५ भदौमा स्याङ्जाको भिरकोटमा उनको जन्म भएको हो । 

उनका तीन छोरा र दुई छोरी छन् । उनको सोमबार दिउँसो १२ः३० बजे गुरुङ संस्कारअनुसार देवघाटमा अन्त्येष्टि गरिँदैछ । उनका श्रीमान् टेकप्रसाद नेपाली कांग्रेस चितवनका पूर्वसभापति समेत थिए । कांग्रेस चितवनले शिरमायाको निधनप्रति दुःख व्यक्त गरेको छ । जिल्ला सभापति राजेश्वर खनालले उनको निधनले नेपाली कांग्रेसलाई अतुलनीय क्षति भएको बताए । स्व गुरुङले पार्टीमा पुर्‍याएको योगदानको कांग्रेसले सम्मान गर्ने उनले बताए ।

प्रकाशित मिति: आइतबार, कात्तिक २०, २०७९  १०:३४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार