साधुरामलाई नगद पुरस्कार सहित प्रसंशापत्र 

भौतिकशास्त्रविद् प्रा.डा.केदारलालको सम्झना
शनिबार, कात्तिक १९, २०७९

ललितपुर । भौतिकशास्त्रविद् तथा त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा केदारलाल श्रेष्ठको सम्झनामा समाजसेवा साधुराम महर्जनलाई नगरपुरस्कार सहित प्रसंशापत्र प्रदान गरिएको छ । प्रा.डा.श्रेष्ठको दोस्रो पुण्यतिथिको दिन पारेर शुक्रवार आयोजित कार्यक्रममा साधुराम महर्जनलाई पचास हजार नगदसहित प्रसंशापत्र प्रदान गरिएको हो । साधुरामले लामो समयदेखि रक्तदान कार्यक्रम आयोजना गर्दै आएका छन् । कोभिडका बेलामा उनले आयोजना गरेको रक्तदान कार्यक्रममा संकलित रगतले अभाव पूर्ति गर्न सहयोग गरेको थियो । 
ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले साधुरामलाई नगदसहित प्रसंशापत्र हस्तान्तरण गरे । भौतिकशास्त्रविद् प्रा।डा। केदारलाल श्रेष्ठ ललितपुर महानगरको शिक्षा सल्लाहकार थिए । नगरप्रमुख महर्जनले श्रेष्ठ विषयविज्ञ मात्रै नभएर समाजको सतपात्र भएको बताए । महानगरको श्रीवृद्धिमा श्रेष्ठको योगदान महत्वपूर्ण भएको उनको भनाई थियो । 

viber_image_2022-11-05_06-44-15-6581667610205.jpg
कार्यक्रमका सभापति शिक्षाविद् केदारभक्त माथेमाले भौतिकशात्रविद् श्रेष्ठको अभाव आफूलाई पलपलमा खड्किएको बताए । श्रेष्ठ अध्ययनशील र शालिन व्यक्ति भएको बताउँदै भौतिकशास्त्रको विकासमा उनको योगदान महत्वपूर्ण भएको प्रष्ट पारे । 
पर्यटनविज्ञ दिलेन्द्र श्रेष्ठले भौतिकशास्त्रसँगसँगै भाषा, साहित्य र संस्कृति संरक्षणमा समेत प्रा. डा. श्रेष्ठको भूमिका महत्वपूर्ण भएको बताए । कार्यक्रममा भौतिकशास्त्रका विद्यार्थी र विज्ञहरुले भौतिकशास्त्रको उन्नयनका लागि प्रा.डा. श्रेष्ठले पु¥याएको योगदानको स्मरण गरेका थिए । कार्यक्रम श्रेष्ठकी धर्मपत्नी गौरी श्रेष्ठको संयोजकत्वमा आयोजना गरिएको थियो ।

प्रकाशित मिति: शनिबार, कात्तिक १९, २०७९  ०६:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार