सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सम्पदा र संस्कृति देशको अमूल्य सम्पत्ति भएको बताएका छन् । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा काठमाडौँ क्षेत्र नं ५ बाट नेकपा एमालेबाट प्रतिनिधिसभा उम्मेदवार बन्नुभएका वरिष्ठ उपाध्यक्ष पोखरेलले आज बूढानीलकण्ठ मेलामा सहभागी हुँदै संस्कृति र सम्पदा देशको सम्पत्ति भएकाले यसको संरक्षण गर्नुपर्ने बताएका हुन् ।वरिष्ठ उपाध्यक्ष पोखरेलले बूढानीलकण्ठ क्षेत्रको बृहत्तर विकासमा आफू सधैँ सक्रिय रहेको उल्लेख गरे । उनले बूढानीलकण्ठ मन्दिरको दर्शन गर्दै मन्दिरलाई थप व्यवस्थित बनाउने तथा मेलामा आएका भक्तालुलाई सहज वातावरणमै बूढानीलकण्ठको दर्शन गर्ने व्यवस्था मिलाउन मन्दिरका संरक्षकलाई ढानीलकण्ठको दर्शन गर्ने व्यवस्था मिलाउन मन्दिरका संरक्षकलाई आग्रह गरे