निर्वाचन आयोगका पदाधिकारीले भेटे राष्ट्रपतिलाई 

आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन तयारीबारे जिज्ञासा 
बिहीबार, कात्तिक १७, २०७९
Global Ime Bank

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रमुख निर्वाचन आयुक्त एवं पदाधिकारीहरूले आज भेटवार्ता गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा भएको भेटवार्तामा प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनको व्यवस्थापन र तयारीका बारेमा अवगत गराउँदै निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्षरूपमा सम्पन्न गराउन आयोगले गरिरहेको तयारीका कार्यहरूबारे जानकारी गराएका थिए । 
भेटका अवसरमा राष्ट्रपतिबाट निर्वाचनको व्यवस्थापन र तयारीका लागि आयोगले देखाएको क्रियाशीलताप्रति सन्तोष व्यक्त गर्दै भयरहित वातावरणमा स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउन आयोगले कुनै कसर बाँकी नराख्ने विश्वास व्यक्त गरेकी थिइन् । उनले निर्वाचनको निष्पक्षता कायम गर्ने विषय आयोगको मात्र नभई राजनीतिक दल, उम्मेदवार एवं सम्बन्धित सबै सरोकारवाला र समुदायको पनि भएको हुँदा सबैको सहयोग, समन्वय र अन्तरसम्बन्धबाट निर्वाचन सम्पन्न हुने विश्वास व्यक्त गरिन् । भेटमा आयोगका आयुक्तहरू रामप्रसाद भण्डारी र डा।जानकीकुमारी तुलाधर, सचिव गोकर्णमणि दुवाडी र सहसचिव शालिग्राम शर्मा पौडेलको सहभागिता थियो ।

प्रकाशित मिति: बिहीबार, कात्तिक १७, २०७९  २०:५३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार